Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

जमुनाहमा जाँच कडा : ‘डग हेन्डलर’ परिचालन

नेपालगन्ज : बाँकेको जमुनाह नाकामा बिचौलियादेखि तस्करीको बिगबिगी बढेसँगै प्रहरीले सुरक्षा र चेकजाँचलाई कडा पारेको छ ।

बडा दशैं, दिपावली तथा छठ पर्व २०७८ लाई मध्यनजर गरी जमुनाहामा कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) ले डग हेन्डलर सहितको सुरक्षा जाँचको व्यवस्था गरेको छ ।

यसले नाको सुरक्षामा मात्रै नभई नेपाल भारत आउजाउ गर्ने नागरिकको सुरक्षामा पनि हसयोग पुग्ने छ । यसैगरी नाकामा हुने चोरी, तस्करी, दलाली र सेटिङ्गको रोकथाममा समेत सहयोग पु¥याउने देखिएको छ ।

इन्स्पेक्टरको कमाण्डमा खटिएको उक्त टोलीले बाँके प्रहरी, जमुनाह प्रहरीसँग समन्वय गरेर काम अघि बढाएको छ ।

भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ आवत जावत गर्ने सवारी साधन, पैदल यात्रीहरुलाई संयुक्त रुपमा चेकजाँच गरिएको चेकजाँच गरिएको जमुनाका प्रहरी ईन्चार्ज मिनबहादुर विष्ट बताउँछन ।

जमुनाहमा विचौलियाको बिगबगिी भन्ने समाचार सेतोखरी दैनिक र इसेतोखरी अनलाइनमा आएसँगै दसैको मौकामा प्रहरीले यस्तो सुरक्षा प्रबन्ध मिलाएको हो ।