Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

पत्रकारको कार्यक्रममा पत्रकार नै उपेक्षित

संचार सस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्छ : महासंघ अध्यक्ष पोखरेल

नेपालगन्ज :नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले संचार सस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्ने बताएका छन ।

नेपालगन्जमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । अध्यक्ष पोखरेलले संचार सस्थाहरु श्रम शोषण गर्ने थलो बन्न नहुने सुझाव दिए ।

सन्चार सस्थाहरु श्रम शोषण गर्ने सस्था नबनुन, भनि विशेष आग्रह गर्दै उनले भने ‘पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघले विशेष जोड दिएको छ । ’

उक्त कार्यक्रममा दसैको शुभकामना आदान प्रदान, दुर्घटना बिमा लागू तथा कोभिडका क्रममा सहयोग गर्नेलाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहभागी एक पत्रकार सम्मिलित कार्यक्रममा बाँकेका केही सक्रिय पत्रकारलाई उपेक्षित गरिएको छ । जुन कार्यक्रममा यहाँका केही सक्रिय पत्रकार र चलेका मिडियालाई समेत खबर नगरिएको गुनासो छ ।

यसअघि पनि महासंघ बाँकेले समन्वय गरेको भनिएको ‘जनचासोको बिषयमा रिर्पोटिङ्ग’ शिर्षकको तालिममा समेत रङ्गभेद भई बाँके शाखाले आफु निकटका पत्रकारलाई मात्रै बोलाएको पत्रकारहरूले बताएका थिए ।

पत्रकार महासंघ बाँकेले समन्वय र आयोजना गरेको एक कार्यक्रममा यहाँके चलेका र सक्रिय पत्रकारलाई नबोलाउनु, हरेक कार्यक्रममा दलिय रङ्ग देखाउनु लगायतका गलत हर्कतहरू भैरहेको एक पत्रकारले टेलिफोनमा बताए ।

केन्द्रीय अध्यक्ष पोखरेल मात्रै होइन पछिल्लो समय नयाँ नेतृत्व आउस्ँगै महासंघका प्राय कार्यक्रममा प्रेस युनियन र महासंघका पदाधिकारी निकटका केही पत्रकारलाई बोलाएपनि यस बाहेक टिकाटिप्पणी गर्ने, आलोचना गर्ने गल्ती कमीकमजोरी औलाईदिने र सुधारका लागि प्रेरित गर्ने पत्रकारलाई बोलाउन छोडिएको चौतर्फी गुनासो छ ।

यस मात्रै नभई कुनैपनि बिषयमा प्रतिक्रिया लिन खोज्दा कार्य समितिका सचिवदेखि जिम्मेवार पदाधिकारी प्रक्रिया दिन चाहदैनन ।

कतिपय बेला त ‘यस्ता महासंघका बिषयमा आफुलाई केही नसोध्न समेत केही जिम्मेवार पदाधिकारीले अनुरोध पनि गरिसकेका छन ।’ त्यसैले यहाँ उनीहरूको प्रतिक्रिया लिन प्रयास गरिएको भएपनि सकिएको छैन ।