Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

प्रहरी दिवस : डिएसपी खनाल सहित २६ पुरस्कृत

नेपालगन्ज : इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको छ ।

नेपाल प्रहरीको ६६ औं दिवसका अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरूलाई उत्कृष्ष्ट काम गरे वापत यसरी पुरस्कृत गरेको हो ।उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको बाँके प्रहरीका प्रवक्ता मधुसुदन न्यौपाने जानकारी दिए ।

प्रहरी परिसरमा अयाोजित एक कार्यक्रममा नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पु¥र्याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको छ । बिज्ञापन नै बिज्ञापनले भरिएको ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरिएको छ । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धा–सुमन गरिएको थियो ।

उक्त अवसरमा बाँकेका सिडिओ शिवराम गेलाल, एसपी श्यामकृष्ण अधिकारी, जनप्रतिनिधी लगायतको सहभागीता थियो । यसअघि मंगलबार बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिएको विवरण सार्वजनिक गरेको थियो । यो अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । यस अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको डिएसपी न्यौपानेले बताएका छन ।