Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

बेलभार घटना : काँग्रेस भर्सेज माओवादी

पत्रकारमाथि दुव्र्यवहार प्रकरण : पत्रकार महासंघ बाँकेले घटनाको छानबिन गरोेस, तत्काल दोषीमाथि कारवाही गरिनुपर्छ : अध्यक्ष न्यौपाने

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका बेलभारमा भएको विवाद र घटना नेपाली काँग्रेस भर्सेज माओवादी बिच भएको खुलेको छ । फरक पार्टीमा आस्था राखेकै कारण वडा नम्बर दुईका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले स्थानीयलाई सिफारिसबाट बञ्चिन गर्ने गरेपछि माओवादी तथा अन्य पार्टीका स्थानीय नेता कार्यकर्ताले वडा कायाृलयमा तालाबन्दी गरेका थिए ।

त्यसपछि काँग्रेस जनप्रतिनिी भर्सेस अन्य दल वा बिशेष गरी माअ‍ोवादीबिच मनमुटाव तथा विवाद भैरहेको स्थानीय बताउँछन । यसैको विवादले चर्को रूप लिएको खबर पाएपछि रिर्पोटिङ्गमा गएका नेपालगजका केही पत्रकारमाथि जनप्रतिनिधी गुप्ता लगायतको टोलीले दुव्र्यवहार समेत गरेको छ ।

वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेको घटनाप्रति अनलाइन पत्रकार संघ नेपालले खोर खेद प्रकट गरेको छ । संघका अध्यक्ष कमल न्यौपानले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि तत्काल कारवाही गर्नुपर्ने माग गरेका छन । यस बिषयमा नेपाल पत्रकार महासंघ बाँकेले पनि एक बिज्ञप्ती निकाली घटनाप्रति भत्र्सना गरेको छ ।

तर, भत्र्सनाले मात्रै पुग्दैन दोषीमाथि कारवाहीका लागि आबश्यक प्रक्रिया अघि बढाउन आबश्यक देखिएको छ । घटनामा छानबिन र कारवाहीक ालागि प्रक्रिया थालन् महासंघलार्य आग्ह गर्दे अनलाइन पत्रकार संघका अध्यक्ष न्यौपानेले यसका लागि अनलाइन संघ सहयोग र समन्वयमा तयार रहेको बताएका छन ।

गुप्ताले आफ्ना भाइसहितका आसेपासे लगाएर रिपोर्टिङ गर्न गएका अनलाइन पत्रकार संघ नेपालका उपाध्यक्ष तथा खोजखवरका प्रकाशक जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् ।

स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्धय अनसारी र घिमिरेलाई आइतवार उनका भाइसहितका आसेपासेले दुव्र्यवहार गरेका हुन् ।

यता वडाध्यक्ष गुप्ताले भने आफुले पत्रकारमाथि दुव्र्यवहार तथा हातपात नगरेको दाबी गर्दै हुलहालमा धकेलाधकेल भने भएको हुनसक्ने स्वीकार्यका छन । भीडभाडमा पत्रकार कोहो को के भन्ने नचिनेर पनि कहिलेकाही समस्या हुने गर्छ उनले भने यहाँ पनि यहि र यस्तै भएको हो । वडाध्यक्षले पत्रकारमाथि दुव्र्यवहार गरेको भनि लगाइएको आरोप गलत भएको उनले जिकिर गरेका छन ।