Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

डिआइजीको कमाउधन्दामा एसपीको रजगज

जमुनाह इन्चार्ज बस्नेतको दशै असुली शुरू, जयसपुर पुलिस कमाउधन्दामा, पत्रकारका नेतादेखि जनप्रतिनिधीको समेत सेटिङ्ग

नेपालगन्ज : यतिबेला बाँकेको जमुनाह नाकामा चहलपहल बढेको छ । दशै नजिकएसँगै भारतबाट नेपाल आउने नेपालीको भीडले मात्रै होइन अन्य कारणले पनि यहाँ विगत केही हप्ताको तुलनामा भीडभाड बढेको देखिएको छ । अहिले बाँके प्रहरीले डिआईजीलाई नै चुनौती दिदै जमुनाहका तत्कालिन इन्चार्ज पूर्ण खत्रीलाई हटाएर आफु निकटका असुलीकर्ता पठाएको छ ।

यसअघिका इन्चार्ज खत्रीले नाकामा हुने बदमासी रोक्दै पत्रकारदेखि पहुँचवालासम्मको अबैद्य सामान भन्सार गराउन बाध्य बनाएपछि यहाँको नेतृत्व परिवर्तनको कुरा उठाइएको खुलेको छ । दिनहुँ करिब १५ सयदेखि २ हजारको हाराहारीमा नेपाली आउने गरेको जमुनाह प्रहरीको तथ्यांकले देखाएकोछ ।

यसरी कोरोनाको जोखिम मोलेररोजगारीका लागि भारत फिरेकाहरु स्वदेश फर्किदाँ भारत तथा स्वदेशमै ठगिने, लुटिने गरेकाछन् ।सई मीनबहादुर विष्टलाई जमुनाह प्रहरीको जिम्मेवारी दिएसँगै यहाँको असुली अभियानले झनै तीब्रता पाएको जमुनाहबासी बताउँछन ।

बाँकेका केही पत्रकार भनिएका व्यवसायीले यहि नाकाबाट प्रहरीको सेटिङ्ग सामान ल्याउने र नेपालगन्जबाट वुटवल, सुर्खेतसम्म व्यापार गर्ने गरेको पनि यतिबेला खुलेको छ ।

सई खत्रीले उक्त अबैद्य धन्दा रोकिदिएपछि यहाँका केही दलाल पत्रकार उनीमाथि खनिएको र एसपी श्यामकृष्ण अधिकारीसँग सेटिङ्ग मिलाएर जमुनाहमा गस्ती तथा अनसगमन गर्न लगाएको बुझिएको छ ।

जमुनाह नजिकै रहेको जयसपुरका इन्चार्जले कमाउधन्दा व्यापक बनाइरहदा बाँके पुलिस वा एसपीको ध्यान जान सकेको देखिदैन । किनकी यहाँबाट गतिलै कमिशन आइरहेको पुलिस स्रोत बताउँछ । एक प्रहरी अधिकारीले जमुनाह डिआईजी साबको र जयसपुर एसपी साबको भागमा परेको समेत खुलाएका छन ।

उनका अनुसार जमुनाहबाट सुक्यो नआउने भएकाले पनि पत्रकारको आडमा एसपीले इन्चार्जदेखि सिपाहीसम्म फेरबदल गरेका हुन । उनले थपे ‘जयसपुरबाट मासिक आउछ त किन परिवर्तन गर्नु ?’ बाँकेका पुलिसको सेटिङ्गमा पत्रकारले तरकारीदेखि लत्ताकपडा हुँदै कागजदेखि व्यवसायीक सामान भन्सार विनै नेपालगन्ज ल्याउदै आएको खुलेको छ ।

यसअघिका इन्चार्जले यो सबै अबैद्य आउने सामानमा भन्सार गर्न बाध्य पारेपछि केह िव्यक्तिले एसपीलाई दबाब दिएको र बाँके पुलिसले डिआईजीको आदेश समेट अटेर गरी सिपाहीदेखि इन्चार्जसम्म परिवर्तन गरि तस्करीलाई प्रोत्साहन गरेको स्थानीय बताउँछन । जनप्रतिनिधीदेखि डन हुँदै पुलिससम्मको बढ्दै तस्करीको जालो सेटिङ्गमा अघि बढ्दै जान थालेको छ ।