Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

कविता : जन्मभूमि दैलेक 

जन्मभूमि दैलेक 

कवि : दुर्गाप्रसाद रेग्मी
(भूर्ति, दैलेख हाल सुर्खेत)

दूर्गम् पूण्यभुमी सुरम्यनगरी ज्वालामुखी बैभव ।
गाउँबेंसी,छहरा,हिमाली चुचुरा झर्ना ,नदी कल्कल ।।
प्रख्यात् दैलेखको अहो धरहरा देखिन्छ माबुशिर ।
साक्षात् शँकरजी तपस्वी रुपमा बस्दाभए पल्तिर ।।
दन्दन्ती फोहरा दिंदै झलमल बल्दैछ नि द्विपशिखा ।
रेशायुक्तसरी प्रकाश फिंजदै लप्का ती ज्वालाजीका ।।
गर्मीमासभरी शीतल पवनले छर्किन्छ सञ्जीवनी ।
मिल्छन् शिशिरमा तपस्यभूमिमै अग्नि(पञ्चाग्नी पनि ।।
दहि ,महि,नौनी(बिनौनी र घिउ देख्दै रसिलोपन ।
लेकमै छन् नि यहाँ मृत( जीवनी,श्रीखण्ड र चन्दन ।।
भुर्भुर झ्याउंकिरी ती भुर्रभुरुरु छर्दै उज्यालोपन ।
तिन्कैछ महिमा अनन्त जगमा गुञ्जिन्छ पारिवन ।।
काँडाविच पनि सुपूष्पदलले छर्किन्छ सुवासना ।
डाँडामा टहली पवित्र मनले छर्दैछु सद्भावना ।।
चौतारीहरुमा पनि पिपलुले छायाँ दिंदा सुन्दर ।
रम्दैछिन् जननी स्नेही ममता पाएर छात्तिभर ।।
नाच्छन् मृगहरु उमङ्ग तनले क्वैलीको गुञ्जानमा ।
नौलो स्वाद चखाउंछिन् बनचरी मृदूको मुस्कानमा ।।
पालुवा जब झुल्दछन् वनभरी रम्छिन् यहाँकी परी ।
छन् कि अन्य कुनै त्यो स्वर्गपूरीमा प्रकृतिकी सुन्दरी ।।

कवि : दुर्गाप्रसाद रेग्मी
(भूर्ति, दैलेख हाल सुर्खेत)