Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

सेतोखरी मिडियाको निगरानी : जमुनाहमा होटलका विचौलिया

विचौलियाको अड्डा बन्दै जमुनाह, होटलसम्म ग्राहक लिए वापत विचौलियाले कमिशन पाउने, जमुनाहदेखि बसपार्कको पाँचसय भाडा

जमुनाह (बाँके) :  बाँकेको नेपालस्थित जमुनाह नाकामा यतिबेला विचौलियाको भीड देखिन थालेको छ । शनिबार विहान ‘सेतोखरी मिडिया’ले गरेको निगरानीका क्रममा यहाँ अन्य नेपालगन्जका होटल विचौलियाको भीड तब्रि देखिएको छ ।

दशै नजिकिएसँगै जमुनाहा नाकामा होटलका विचौलियाका बिगबिगी हुन थालेको भन्सार कार्यालयका एक कर्मचारी नै बताउँछन । उनकाअनुसार बाँके सिडिओ अफिसले विचौलियालाई जरिमाना तोकेको छ ।

तर, यहाँ खुलेआम होटल विचौलयाले दादागिरी मच्चाउदै नागरिकलाई सास्ती दिइरहेका छन । विचौलियाले जमुनाहदेखि बसपार्कसमम वा होटलसम्म लगेको गाडी भाडा समेत महगो असुल्दै आएको खुलेको छ ।

एक नागरिकले आफुहरूसँग जमुानहबाट बसपार्क जाँदा ५ सय भाडा लिएको बताएका छन । तर, रिक्सा वा गाडीवाला र विचौलियासँग यस बिषयमा बुझन खोज्दा उनीहरू अनेक वहाना बनाई भाग्ने गर्दै आएको छन ।

सीमानाकाको बारी नेपालतर्फ मात्र होइन भारतको रुपैडिहा बसपार्कमा समेत दर्जनौं बिचौलियाले अड्डा जमाएर बसेका छन् । यहाँका होटल व्यवसायीले जमुनाहा नाकामा विचौलिया परिचालन गरेर यात्रुहरूलाई तानातान गरी सास्ती दिएका छन् ।

एक व्यक्तिलाई तिनजनाले तिनतिर तान्दै तनाव दिने गरेको प्रत्यक्षदर्शी बताउँछन । यसरी तानीतानी विचौलियाले ग्राहकलाई सम्बन्धित होटलसम्म पु–याए कमिसन पाउने गरेको खुलेको छ ।

त्यही कमिसनको लोभमा उनीहरू बिहानैदेखि यात्रु लिन जमुनाहा नाकाका साथै रुपैडिहा बसपार्कसम्म पुग्ने गरेका छन् ।

केही रिक्सा तथा अटो रिक्सावालाले समेत यात्रु बोक्ने नाममा बढी रकम असुल्नुका साथै कमिसनको आशमा आफूले तोकेकै होटलमा जान बाध्य पारीरहेको देखिएको छ ।

दसैं नजिकिएसँगै कामको सिलसिलामा भारतलगायत विभिन्न स्थानमा गएका नेपालीको जमुनाह नाकामा लर्को लाग्ने गरेको छ । बिहान ५ बजेदेखि यस नाकाबाट हुलका हुल मानिसहरू लस्करै घर फर्कीने गरेको सिमा प्रहरी बताउँछ ।

सीमा क्षेत्रमा भीडभाडका बेला हुने विभिन्न ठगी र अपराधबाट सर्वसाधारणलाई सुरक्षित बनाउन प्रहरीले सुरक्षा व्यवस्थामा भने कडाई गरेको जमुनाह प्रहरीका इन्चार्ज पूर्ण खत्री बताउँछन ।

बढी भाडा लिएका रिक्सा, अटोरिक्सालगायत सवारी साधनहरूबाट रकम फिर्ता गराएको बताउँदै निगरानी बढाएको चौकीका ईन्चार्ज खत्रीको भनाइ छ ।

भारतबाट घर फर्केका तमाम नेपाली नेपालगन्जका होटल व्यवसायीबाट पीडित बन्दै आएका छन् । दैलेख भूर्तिगाउँका नवराज नेपालीले भने ‘कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाले तानेर सताउँछन् ।’

भारतबाट आउने नेपालीलाई दुख दिन थालेपछि प्रहरीले सीमानाका जमुनाहामा कडाई गर्न शुरू गरेको छ ।

व्यवसायीले जर्बरजस्ती विचौलिया मार्फत नागरिकलाई सताउँने गरेको गुनासो आएपनिन नेपालगन्जका होटल व्यवसायीलाई त्यसो नगर्न होटल व्यवसायी संघ बाँकेले समेत निर्देशन दिएको देखिदैन ।

तर, यहाँ मापदण्ड र नीति विपरित अड्डा जमाउने होटल विचौलियामािथ कानूनी कारावहीका लागि बाँके प्रशासन र प्रहरी उदासीन देखिएको छ । यसपनि विचौलिया र प्रहरीबिच सेटिङ्ग गतिलै भएको अनुमान गर्न सकिन्छ ।