Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

५ बर्षदेखि करोडौंको मेसिन प्रयोगविहीन

नेपालगन्ज भन्सार उदासीन, जनशक्ति अभाव, सरकारी लगानी वालुवामा पानी

नेपालगन्ज : सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेशिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन छ । करिब पाँच बर्षअघि खरिद गरि ल्याईएको उक्त ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो ।

सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको उक्त मेशिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी वालुवामा पानी झै भएको छ ।

यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन् । भन्सार कार्यालय जमुनाह नाका भन्दा टाढा र भित्र परेको हुँदा पनि मेशिन कार्यालय परिसरमा राख्नुको विकल्प देखिदैन ।

नेपाल–भारत सीमामा दैनिक हजारौँको संख्यामा सर्बसाधारणको आवत जावत हुने गरेको छ । जमुनाह नाकाबाट बिभिन्न प्रकारका अबैध क्रियाकलाप हुने गरेतापनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रबिधि नरहेको बताईएको छ ।

प्रहरी, भन्सार कार्यालयका कर्मचारी र शसस्त्र प्रहरीको नजरमा जे देखियो त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउँछन्। जसले गर्दा समानकाबिच भागमा लुकाई छिपाई लगिने र अबैध सामान नेपाल भित्रने गरेका छन् ।

भौतिक पुर्वाधारको अवस्था नाजुक रहेको कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भईरहेको भन्सार कर्मचारी बताउँछन् ।

अहिले दशै आएसँगै दैनिक एक हजारबढी नेपाली नागरिक भारतबाट घर फर्किएका छन । यीनीहरूले जमुनाह  प्रयोग गरेका छन । यहाँ यो मेशिनबाट चेकजाँच भने हुदैन