Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

बाँके काँग्रेस असक्षम र असफल

पुर्वप्रधानमन्त्रीको जिल्लामा सदस्यता विवाद चुर्लिदै, समाधानमा कोइराला नेतृत्व उदासीन, युवा नेताहरू परेशान

नेपालगन्ज : देशभरी अधिवेशनको लहर चलिरहेको बेला किरण कोइरालाको नेतृत्वमा रहेको बाँके काग्रेस यतिबेला असक्षम र असफल देखिएको छ ।

पुर्वप्रधानमन्त्री सुशिल कोइरालाको जिल्ला भनेर चिनिएको बाँके यतिबेला जिलला नेतृत्वको व्यवस्थापन कमजोरी, अनुशासनहीनता र मनपरीतन्त्रका कारण असफल तथा असक्षम ठहरीदै बदनाम हुन पुगेको हो ।

बाँकेमा अहिलेपनि एक व्यक्तिका कारण पादी सदस्यता विवाद भैरहेको छ । अन्य जिल्लाको तुलनामा यस जिल्लामा यो विवादले आन्तरिक रूपमा पाटीपंक्ति नै धरापमा पारिसकेको बाँके काँग्रेसका युवा नेता बताउँछन ।

पार्टीभित्र देखिएको सदस्यता विवादलार्य समाधान गर्न अहिले पनि बाँकेको पाटी नेतृत्वले खासै चासो देखाएको छैन । पार्टी सचिव तप्त पौडेलले अस्ति नै सदस्यता विवाद मिलने तयारी अन्तिममा पुगेको बताएका थिए ।

तर नौ गते गाउँ नगरको अधिवेशन तोकिएको समय दुई दिन बाँकी रहदा बिहीवारसम्म काँग्रेस बाँकेमा देखिउको सदस्यता विवाद जस्ताको त्यस्तै छ ।

काँग्रेस बाँकेका एक युवा नेताले भने ‘ जसले जहाँनिर गल्ती गरेपनि यसको समाधानका लागि र गल्ती गर्ने व्यक्तिमाथि कारवाहीका लागि बाँके काँग्रेस नेतृत्व उदासीन रहेको छ । यसकैको कारण पनि यहाँको विवाद समधान हुन नसकेको हो ।’

काँग्रेस बाँकेको नेतृत्वले सदस्य विवादमा मुच्छिएका आफना नेता तथा कार्यकर्तालाई कारवाही गर्न वा बोलाएर स्पष्टिकरण सोधेर समस्या समाधानको बाटोमा अघि बढ्न किन नसकेको एक कार्यकर्ताले झोक्किदै भने ‘यसको कमजोरी पार्टी सभापति किरण कोइराला र अहिलेको नेतृत्वको देखिएको छ । ’

काँग्रेसको कोहलपुर क्षेत्रमा पाटीको क्षेत्रीय सचिवदेखि कार्यकर्ता तथा नेताको सदस्यता समेत गायब भएको खुलेको छ । यसको समाधान तथा खोजीमा समेत काँग्रेस बाँकेको नेतृत्व चुपचाप रहेको बताइएको छ ।

बाँकेमा जिल्ला भरमै यस्तो समस्या देखिएकोले अहिले वडा अघिवेशन समेत हुन सकेको छैन । बाँकेको छिमेकी जिल्ला बर्दियामा भने दैनिक वडा भेला भैरहेका छन ।

पाटीभित्रको सदस्यता समस्या समाधान नहुदा वडा, गाउँ, नगरमा आफनो उममेदवारी घोषणाका लागि तयारीमा रहेका युवा नेताहरू निराश बनिरहेका छन । उनी पाटी नेतृत्वको कमजोरी देखेर हैरानी भैरहेको बताउँछन ।

समस्या समाधानका लागि पाटी नेतृत्वसँगै युवा नेता भनिएका र काँग्रेसमा आफुलाई माहिर खेलाडी सम्झने पोषण केसी, मेघराज वली, भुम भण्डारी लगायतका युवा नेता पनि समस्या समाधानका लागि उदासीन देखिएका छन ।