Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

लुम्बिनीका डिआईजीसँग बाँकेका एसपीको सेटिङ्ग, बर्दियाका एसपी मध्यमार्गी

बाँकेमा डिआईजीका घुमुवाको असुली आतङ्क, घुमुवा मार्फत तस्करी गर्दै लुम्बिनी प्रदेशका डीआईजी

नेपालगन्ज : लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी मुकुन्द आचार्यको भूमिका तस्करी रोक्नेभन्दा तस्कर समूहसँग साँठगाँठ गरेर रकम असुल्ने रहेको खुलेको छ ।

उनले रकम असुलीकै लागि प्रदेशका १२ वटै जिल्लामा आफु माहतका पुलिसलाई घुमुवा खटाएका छन । उनी मातहतका घुमुवाले बाँकेमा पनि असुलीको आतङकै मच्चाएको बाँके प्रहरी निकट स्रोत नै बताउँछ ।

केही समयअघि नवलपरासीमा भएको मोबाइल तस्करी प्रकरण र प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युुपछि डीआईजी आचार्यका गतिविधिको सूक्ष्म निगरानी गरिरहेको पर्दाफास टिमले उनले सीमा जोडिएका जिल्लामा आफ्ना पुराना विश्वासपात्रहरु मार्फत सीमावारि र पारिका तस्करसँग विभिन्न माध्यमबाट निरन्तर सम्पर्क गरिरहेको भेटिएको खुलासा भएको छ ।

डीआईजी आचार्यले आफू अनुकूल नरहेका जिल्ला प्रहरी प्रमुख र सीमामा खटिएका प्रहरी अधिकृतलाई कारबाहीको धम्की दिने गरेका छन् ।

स्रोतका अनुसार लुुम्बिनी प्रदेशका केही जिल्लाको विगतमा नेतृत्व गरेका डीआईजी आचार्यले त्यहाँको वस्तुस्थिति र पुरानो चिनजानलाई डीआईजी भएपछि ‘नवीकरण’ गरिरहेका छन् ।

डीआईजी आचार्यले यही टिममा असईहरु (हालसम्म खुलेका) सन्तोष रायमाझी र निरन्जन भण्डारी, हवल्दार टेकबहादुर कुँवर तथा प्रहरी जवानहरु परमानन्द बर्मा र सुजन चौधरीलाई राखेका छन । जसमध्ये असई रायमाझीलाई भित्रिभित्रै तस्कर समूहसँग उठौती–बपौतीको जिम्मेवारी दिइएको छ ।

डिआईजी आचार्यको ध्यान लुम्बिनी प्रदेशअन्तर्गत सीमा जोडिएका बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा छ । यी ६ जिल्लामध्ये नवलपरासीका एसपी मनोज यादव, दाङका सुरेश काफ्ले र बाँकेका एसपी श्यामकृष्ण अधिकारी डिआईजी आचार्य निकट छन् ।

उनीहरुले आचार्यका गतिविधिमा साथ र सहयोग दिँदै आएका छन् । बर्दियाका एसपी ईश्वर कार्की मध्यमार्गी भूमिकामा छन् । उनी डीआईजीले नै घुमुवा खटाएर उठौती–बपौती गर्न थालेपछि नागरिक समूह नै गठन गरेर ‘मेरा नाही तो किसिका नाही’ भन्ने ध्याउन्नमा छ ।

डीआईजी आचार्यलाई ठूलो समस्या कपिलवस्तुका एसपी दानबहादुर कार्की र रुपन्देहीका एसपी मनोज केसीले पारेका छन् । प्रहरी संगठनमा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका यी दुवै ती जिल्लामा छन् ।

जहाँबाट तस्करीको मुख्य लाइन खुलाउन सकिन्छ । तर यी दुवैले प्रदेशकै घुमुवा भए पनि अनैतिक र अवैध कार्यमा संलग्न भेटिए पक्राउ गर्ने सन्देश डीआईजी आचार्यलाई पठाएका छन् ।

यसपछि भने डीआईजी आचार्यले असई सन्तोष र निरन्जनलाई घुमाउने र हवल्दार कुँवर तथा प्रहरी जवानहरु बर्मा र चौधरीलाई आलोपालो केही दिनका लागि जिल्लाका मुख्य सीमामा खटाउने गरेका छन् । यो टोली बर्दिया, कपिलवस्तु र रुपन्देहीका सीमामा खटिने गरेका छन् ।

ही दिनअघिसम्म कपिलवस्तुको प्रमुख सीमा कृष्णनगरमा डेरा जमाएर बसेका हवल्दार टेकबहादुर र जवान सुजन केही दिनदेखि त्यस क्षेत्र छोडेर रुपन्देहीमा छन् । अहिले असई निरन्जन त्यो क्षेत्रमा छन् ।

प्रदेशको टोलीलाई सूचना आउने र स्थानीय प्रहरीसँग मिलेर काम गर्ने गरेको भन्दै डिआईजी आचार्यले तस्करीमा सघाएको आरोपको खण्डन गरेका छन । अन्तैबाट