Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

सिपाहीदेखि हाकिमसम्म असुलीमा

लागुऔषधी व्यूरो : तस्करदेखि दलाल र कारोवारीसँगै महिनावारी असुली ठेक्का, तोकिएको रकम नदिए पक्राउ, दिए चुपचाप

नेपालगन्ज : यतिबेला लागुअ‍ौषध कारोवारी नियन्त्रण गर्ने जिम्मेवारी लिएको लागुअ‍ौषध व्यूरोका सिपाहीदेखि हाकिमसम्म असुलीमा सक्रिय भएको खुलेको छ ।

जमुनह नाका र आसपासमा बस्दै आएका यी व्यूरोका पुलिसले साना, मझौला तथा ठुला व्यवसायी, तस्कर, दलालबाट रकम असुल्दै आएको खुलेको हो ।

दिनभरी घुमेर तास खेलेर, जाडरक्सी खाएर मोजमस्तीको जागिर गरिरहेका उनीहरू यतिबेला असुलीधन्दामा लागेको उनीहरूकै समकक्षी बताउँछन ।

लागु औषध कारोवारी र प्रयोगकर्ताका लागि नेपालगन्ज उपयुक्त स्थल बन्दै गएको छ । सीमावर्ति भारतसँग जोडिएको सहर भएकाले पनि लागु औषधको सहज पहुँच हुँदा नेपालगन्ज उपयुक्त स्थल बन्दै गएको हो ।

यहाँ प्रयोगकर्ताले आफ्नो लत मेटाउने मात्र गर्दैनन् ठूलठूला कारोवारीले रातारात कमाएर करोडपति पनि बनेका छन् । त्यसका उदाहरणकारुपमा प्रशस्तैलाई लिन सकिन्छ । यहाँसम्मकी नेपालगन्जमा घर भाडामै लिएर कारोवार भइरहेको समेत प्रहरीले फेला पारेका छन्।

प्रहरीले दैनिक जस्तो प्रयोगकर्ता तथा कारोवारीहरुलाई पक्राउ गरिरहेको छ । खासगरी खुलासीमा नाकाका कारण यहाँका प्रयोगकर्ता रुपैडिहा गएर लागु औषधको प्रयोग गर्छन्।

उतैबाट बोकेर आउनेपनि गर्छन्। कारोवारीहरुले उतैबाट लागु औषध ल्याउने गरेका छन् । यसरी लागु औषधको बढ्दो प्रयोग र कारोवारमा प्रहरीको संलग्नता समेत देखिने गरेको छ ।

लागु औषध नियन्त्रण व्यूरोले सुराकीमा युवाहरु परिचालन गर्ने गर्छ । उनीहरुले पनि लागु औषध प्रयोग गर्ने र किन्ने बिक्री गर्छन् । रुपैडिहाका पसलहरुमा उनीहरु ग्राहक बनेर जाने गर्छन् ।

त्यहाँ ग्राहक बनेर गएकाहरुलाई कारोवारी तथा प्रयोगकर्ताहरुले आफु जस्तै सम्झने भएकाले भेउ पाउन्न् । तिनैहरुलाई पछ्याउँदै उनीहरु नाकामा आउँछन् । र, सुराकीका माध्यमबाट उनीहरु पक्राउ पर्छन् ।

व्यूरोले यसरी राखेका उनीहरु भने स्वयम लागु औषधका डिलर हुन् । डिलरै खोलेर बसेका उनीहरुले व्यूरोलाई मोटो रकम दिने गरेको स्रोत ले बताउँछ ।

सइ प्रेम अधिकारी सहतिका सिपाहीदेखि अधिकृत लेबलका पुलिसले सेटिंग नमिलेपछि पक्राउ पर्ने गरेको खुलेको छ । उनीहरू व्यूरोमा लामो समयदेखि रजाइ गर्दै आएका छन । सेटिंगको सम्पूर्ण वातावरण यिनै अधिकारीले मिलाउने गरेका छन् ।

करिव लामो वर्षदेखि नाकामा बस्दै आएका उनले सेटिंग नमिलेकालाई पक्राउ गर्ने गरेको व्यवसायी बताउँछन । यहाँसम्म उनले संन्जाल विस्तार गरिसकेका छन् की तस्करहरुसँग पनि महिनावारी उठाउने गरेका छन् ।

उनले खासगरी धनाड्य परिवारका छोराछोरीसँग सेटिंग गर्ने गर्छन् । यसो गर्दा मोटो रकम आउँछ । उनीहरुलाई सहजै रुपैडिहा जान दिने गरेका छन् । अन्तैबाट