Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

नेपालगन्जमा सुन बरामद प्रकरण : एसपीले अनाहकमा दुःख दिएको आरोप

बार्गेनिङ्ग नमिल्दा पक्राउ परेका भरिया मात्रै, नेपालगन्जका चार व्यवसायीको नाममा सुन बिल, छानबिन समिति गठन

नेपालगन्ज : बाँकेको नेपालगन्ज विमानस्थलमा शुक्रबार बरामद गरिएको भनिएको सुन नेपालगन्जका चारजना व्यवसायीको भएको खुलेको छ । काठमाडौंबाट सहज रूपमा आएको सुन नेपालगन्जमा पुलिससँगको बार्गेनिङ्ग नमिलेपछि एसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा विमानस्थल पुलिसले उक्त सुन नियन्त्रणमा लिएको खुलेको छ ।

क्यासिनोबाट रक्सी समेत उपहार भन्दै लिएका बदनाम बाँकेका एसपी अधिकारीमाथि व्यवसायीलाई अनाबश्यक दुःख दिएको थप अर्को आरोप लागेको छ ।

नेपालगन्जको विमानस्थलमा बरनामद गरिएको सुन तस्करीको अबैद्य नभएर यहाँका सुन व्यवसायीको भएको र पुलिसलाई मागेको रकम नदिएका कारण एसपीको निर्देशनमा बरामद गरि व्यवसायीलाई सास्ती दिएको आरोप लागेको छ ।

सुनचाँदी व्यवसायी संघ, बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले प्रहरीले बरामद गरेको भनिएको सुन नेपालगन्जका चारजना व्यापारीले मगाएको बताएका छन ।

आफूहरुसँग सुन किनेको बिल भएको उनी बताउँछन । उनले प्रहरीले अनाहकमा अवैध भन्दै नियन्त्रणमा लिएर दुख दिएको आरोप लगाएका छन ।

अनाहकमा बरामद गरिएको सुन राजश्व अनुसन्धान लिनुपर्नेमा बाँके एसपीले हताहतार जिल्ला प्रहरीले शुक्रबार राती ८ बजे पत्रकार सम्मेलन समेत गेका थिए । यो उनको सुन पचाउनका लागि गरिएको खेल भएको व्यवसायीको आरोप छ ।

बाँके पुलिसले के के न गरेको भनेर यहाँका केही मिडियाले समाचार छापेका छन । तर, बाँके पुलिसले पक्राउ गरेका व्यक्ति सुन तस्कर वा कारोवारी नभई भरिया मात्रै भएको खुलेको छ ।

भरिया समातेर बहादुरी देखाउने बाँके एसपीले सुन तस्कर र कारोवारीलाई समाउन सक्रियता देखाएका छैनन । जमुनाह नाकाबाटै दैनिक जसोसुन तस्करी हुने गरेको यसअघि समाचार बाहिरिएका छन । यद्दपी एसपी र बाँके पुलिसको त्यसतर्फ ध्यान गएको देखिदैन ।

नेपालगन्ज विमानस्थलमा कार्यरत प्रहरीले सुनसहित झापा खुदुनाबारी–६ का २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग–२ का २६ वर्षीय बुद्धिमान खातीलाई शुक्रबार दिउँसो नेपालगन्ज विमानस्थल परिसरबाट पक्राउ गरेको थियो । पक्राउ परेका विश्वकर्मा र खातीले पनि नेपालगन्जका व्यापारीलाई सुन ल्याइदिएको प्रहरी समक्ष बयान दिएका छन् ।

शंकास्पद लागेर सुन र भरियालाई नियन्त्रणमा लिएको बाँके एसपीले अहिले दाबी गरेपनि घुमुवाको हावादारी सुराकी र बार्गेनिङ्ग नमिलेकै कराण अनाहकमा उक्त सुन र ती दुईजनालाई पक्राउ गरेको खुलिसकेको छ ।

पुलिसले बरामद गरेको सुन राजश्वमा बुझाउने हो । राजश्वले गर्ने हो अनुसन्धान उक जानकारले भने ‘बरामद सुन पुलिसले अनुसन्धान गर्न आबश्यक छैन ।’

नेपालगन्ज विमानस्थलमा शुक्रबार बरामद भएको चार किलो बढि सुनको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

नेपालगन्ज विमानस्थलमा कार्यरत प्रहरीले सुनसहित झापा खुदुनाबारी–६ का २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग–२ का २६ वर्षीय बुद्धिमान खातीलाई शुक्रबार दिउँसो नेपालगन्ज विमानस्थल परिसरबाट पक्राउ गरेको थियो ।