Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

अनुसन्धानबिनै यौनकर्मीको ट्याग : बाँके पुलिसले चरित्रहत्या गरेको आरोप

बार्गेनिङ्ग नमिलेपछि पक्राउ गरिएको खुलासा, एसपीको व्यवहारप्रति साना तथा मझौला होटल व्यवसायी आक्रोशित

नेपालगन्ज : यौनजन्य गतिविधिमा लागेको भन्दै बाँके पुलिसले बेलाबखतमा यहाँका होटलबाट महिला वा युवतीहरूलाई उठाउने र पुलिस खोरमा लैजाने गरेको छ ।

पहिला यस्ता होटलमा सेटिङ्ग वा बार्गेनिङ्ग गर्ने अनि बार्गेनिङ्ग नमिलेपछि वडा तथा जिल्ला प्रहरीले छापा हानेको निहुँमा युवती र होटल सन्चालकलाई पक्राउ गर्ने मोटो रकम असुली गर्ने यहाँको प्रचलन नै हो ।

यसरी पक्राउ गरिएका कसैलाई पनि अहिलेसम्म देखिने खालको कारवाही तथा जरिमाना भएको छैन । केही समयअघि वडा पुलिसले नेपालगञ्ज, कोहलपुर, राँझा, लगायतका ठाउँबाट युवती पक्राउ गरिरहेको छ ।

यसरी पक्राउ परेका युवती तथा होटल सन्चालकले पुलिसले मागेको रकम दिन नसक्दा आफुहरू पटकपटक पक्राउ हुनु परेको गुनासो गरेका छन । उनीहरूले यौन व्यवसायमा लागेको प्रमाणित नहुँदै पुलिसले फोटो खिचाएर मिडियामार्फत सार्वजनिक गरी आफुहरूको बदनाम तथा चरित्र हत्या गरिरहेको यहाँका युवती तथा होटल सन्चालकको आरोप छ ।

हुनपनि हो पुलिसले पक्राउ गर्यो भन्दैमा उनीहरू योनकर्मी नै नहुन पनि सक्छन । यसको प्रमाणिकरण नगरी पुलिसले फोटो सार्वजनिक गर्नुपनि गलत नै भएको नागरिक समाजका अगुवा पनि बताउँछन ।

बाँकेकमा यौन गतिविधीका नाममा पुलिसको कमाउधन्दा पनि चलेको छ । यहाँका ठुला होटलमा पुलिसके संरक्षणमा जुवातासदेखि यौन गतिविधी हुदै आएको खुलेको छ । त्यहाँ पुलिसले कहिले छापा हान्दैन । साना, मझौला होटल तथा झुपडीमा भने पुलिसको आँखा जाने गरेको व्यवसायी नै बताउँछन ।

यहाँका साना होटलमा मात्रै नभई यसअघि सिद्धार्थ लगायतका ठुला होटलमै यैेनजन्य गतिविधी भएका समाचार बाहिरीएका थिए । पुलिसले यहाँ किन पार्दैन छापा नागरिक प्रश्न छ ?

बार्गेनिङ्ग नमिलेपछि घुमुवाले गर्ने हावादारी सुचनाका आधारमा बाँके पुलिसले बेलाबखतमा छापा हानेर असुली गर्ने अनि पक्राउ परेकालाई कारवाही वा जरिमाना बिनै छोडने गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका उनिहरु पेशेवर यौनकर्मी हुन व होइनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान नसकि प्रमाणित नहुँदै यौनकर्मीको ट्याग लगाउँदै फोटो सार्वजनिक गर्नुले उनीहरूको चरित्र माथि प्रश्न उठेको होटल व्यवसायी बताउँछन ।