Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

‘क्यासिनोको रक्सी’ नछोडेका बाँकेका एसपी श्यामकृष्णको हातमा ‘ ४ किलो सुन’

पुलिसको बार्गेनिङ्ग र सेटिङ्गमा असहमति हुँदा सुन बरामद, बरामद सुन बाँके पुलिसमै थन्किओ, ‘एसपी साब’ सुन राजश्व अनुसन्धान जाला कि नजाला ?

नेपालगन्ज : नेपालगन्जमा रहेको सोल्टी होटलको क्यासिनोबाट आएको रक्सी नछोडने बाँकेका एसपी श्यामकृष्ण अधिकारीको हातमा यतिबेला चार किलो सुन परेको छ ।

रक्सी त नछोडेका एसपी अधिकारीले सुन छोडछन वा पचाउँछन यो भने आम नागरिकको चासोको बिषय बनेको छ । बरामद पछि राजश्व कार्यालय पठाउनुपर्ने सुन यो समाचार तयार पार्दासम्म बाँके पुलिस वा एसपी अधिकारीकै हातामा छ ।

समय ढिलो भएको र शनिबारको निहुँमा राजश्व अनुसन्धानमा पठाउन ढिलाई गरिएको उक्त सुन आइतबार १० बजेसम्म कति घट्छ यसको कुनै लेखाजोखा अहिले गर्न सकिदैन । आइतबार राजश्वमा पठाउँदा एसपी अधिकारीले फेरि सुन जोखेर ४ किलो नै पठाउछन कि ‘ सुन जस्तै देखिने बस्तु’ भन्दै केही घटेको बताउँछन यो चासोको बिषय बनेको छ ।

त्रिभुवन विमानस्थलबाट सहजै आएको ४ किलो सुन पुलिससँग सेटिङ्ग नमिलेकै कारण नेपालगन्ज विमानस्थलमा बरामद भएको खुलेको छ ।

काठमाडौबाट उडेको श्री एयरलाईन्सको विमानमा आएका दुई जना सुन व्यवसायीले सुन ल्याएको खबर पाएको बाँके पुलिसले गरेको बार्गेनिङ्गमा असहमति देखिएपछि एसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा एयरपोट पुलिसले उक्त सुन र ती दुईजना व्यवसायीलाई नियन्त्रणमा लिएको सुन व्यवसायीले खुलासा गरेका छन ।

काठमाडौ बिमानस्थलमा दुईदुई वटा सेन्सर र एक्सरे मेसिन र शरीरकमो खानतलासी गर्दा पनि सुन बारे सुरक्षाकर्मीले थाहा नपाउने तर नेपालगन्ज बिमानस्थलमा नाँगो आँखाका भरमा शंका गरेर तलासी गर्दा सुन भेटिनुले घटना थप रहस्यम बनेको हो ।

बाँकेका ठेकेदार, क्यासिनो, होटल तथा अन्य व्यवसायीबाट मोटो रकम अर रक्सी असुलीमा सक्रिय बाँके पुलिस र यहाँको नेतृत्वले कसरी सुराकी पायो ? काठमाडौंको कडा सुरक्षाका बिच सहजै नेपालगन्ज पुगेको सुन यहाँ किन र कसरी बरामद भयो यतिबेला चर्चाको बिषय बनेको छ ।

काठमाडौंकै प्रहरी अधिकारीबाट सुराक िपाउकोहुनसक्न्े बाँके पुलिसले बार्गेनिङ र सेटिङ्ग नमिल्दा उक्त सुन बरामद गरेको खुलेसँगै अहिले सुनका बिषयमा नानाथरी शंका उठिरहेका छन ।

चार किलो सुनै भएपनि बाँके पुलिसले सुनजस्तो देखिने बस्तु भनेको छ पुलिसको यो भनाईले यहाँ बरामद गरिएको सुन आइतबारसम्म पित्तलको भाउमा जान सक्ने स्म्भावना पनि उत्तिकै देखिएको छ ।

काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट बाँके प्रहरीले चार किलो सुन बरामद गरेको छ ।

नेपालगञ्ज विमानस्थलबाट झापा बिर्तामोड–८ का २६ वर्षिय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग नगरपािलका घर भएका २६ वर्षिय बुद्धीमान खातीलार्ई ४ किलो सुन सहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।

श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट नेपालगञ्ज आएका दुई जना पेसेन्जरको साथबाट सुनजस्तो देखिने ४ किलो बरामद भएकोहो । काठमाडौस्थित त्रिभुवन बिमान स्थलमा प्रवेश गर्नुअघि यात्रु जाँचका लागि प्रहरी तैनाथ छन् । यात्रुको सुरक्षा जाँच गर्न सेन्सर राखिएको छ ।

यात्रुका झोला लगायतका समानहरु सुरक्षा जाँचका लागि एक्सरे मेसिन छ । सुरक्षा जाँचपछि यात्रुहरु सम्बन्धित एयरलाईन्सको टिकट काउन्टरसम्म पुग्छन् । त्यहाँबाट जहाज चढ्नका लागि यात्रु बिश्राम कक्ष पुग्नु अगावै फेरि पनि एक्सरे मेसिन ।

झोलाहरु एक्सरे मेसिनमा राखेर सुरक्षा जाँचका लागि प्रहरीले शरीरको खानतलासी लिन्छन् । तर यति कडा सुरक्षा जाँच हुने काठमाडौंको त्रिभुवन बिमानस्थलबाट यति ठूलो परिणाम करिव ४ किलो काँचो सुनसहित आएका २ युवा नेपालगन्ज बिमान स्थलमा पक्राउ परेपछि सुन तस्करी घटनालाई रहस्यमय बनाएको देखिएको छ । यसले पनि पुलिस सेटिङ्ग पुष्टि हुनसक्छ ।

सुनको ६ थान विस्कुटको तौल ३ किलो ९९४ ग्राम रहेको फेला परेको हो । त्यस्तै खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी वाला, गणेश लकेट ५ थानगरी २७ दशमलव ४९ ग्राम गरि ४ किलो २१ दशमलव ४९ ग्राम सुन बरामद भएको छ ।