Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

बाँकेका एसपी श्यामकृष्ण अधिकारी बदनाम प्रहरी अधिकृतको सूचीमा

‘जबरजस्ती प्रहरी’ बनाइएकाबाट बदनाम बन्दै नेपाल प्रहरी, पुलिसमा फेल, राष्ट्रिय अनुसन्धान विभागमा भर्ती, फेरि प्रहरीमा पसेर संगठनको बदनामी

नेपालगन्ज : बाँकेका एसपी श्यामकृष्ण अधिकारी बदनाम प्रहरी अधिकृतको सुचिमा पहिलो नम्बरमा दर्जिएका छन । बाँके आए लगत्तै पत्रकारसँग जोरी खोजेका उनी पछिल्ला दिनमा एक पछि अर्को विवादमा पर्दै आएका छन । उनले घुमुवा हटाएर बहादुरी देखाएपनि अहिले बजारमा उनी मातहतकै घुमुवाको चरम आतङ्क देखिएको छ ।

पत्रकारलाई धम्काएर क्यासिनोबाट रक्सी समेत घुस लिने एसपी अधिकारी पानीमाथिको ओभानो जति बन्न खोजेपनि उनका दैनिक कर्तुत रह कृत उक पछि अर्को सार्वजनिक भैरहेको छन । यसले पनि उनी बदनाम प्रहरी अधिकारीको पहिलो सुचिनमा देखिएका छन ।

बाँकेको इञ्चार्ज रहेका एसपी श्यामकृष्ण अधिकारीले केही दिनअघि मोबाइल र मदिरासमेत उपहार लिएको तस्वीर सार्वजनिक भएको छ ।

नेपालगन्जको सोल्टी होटलमा रहेको ‘माजोङ’ मिनि–क्यासिनोका एजेन्ट, झापाको मेचीनगर–६ काँकडभिट्टाका सुजित तामाङसँग एसपी अधिकारीले मोबाइल र मदिरा उपहार लिएको तस्वीर सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फोन गरेरै अधिकारीलाई झपारेका थिए ।

आइजीपीले झपारेपछि उनले उपहार फिर्ता गरेको उनले बताए । निधेषाज्ञाका बेला प्रशासनले क्यासिनो बन्द गराए पनि एजेन्टसँग मिलेर निर्बाध रुपमा क्यासिनो चलाउन दिएको आरोपसमेत एसपी अधिकारीमाथि छ ।

अधिकारी पनि ‘जबर्जस्ती प्रहरी’ बनेका अधिकृत हुन् । उनीहरुलाई ‘जबर्जस्ती बनेका प्रहरी’ भनिनुको कारण छ । नेपाल प्रहरीमा भर्ना हुन अधिकृतस्तरको पद इन्स्पेक्टरमा मात्र होइन, अहिले प्रहरी जवानमा समेत लोकसेवा परीक्षा उतीर्ण गर्नुपर्छ । यसबाहेक अरु कैयौं जाँचमा सफल हुनुपर्छ ।

तर, लोकसेवा उतीर्ण नगरी तत्कालिन सत्तारुढ दलको कार्यकताको रुपमा राअविमा प्रवेश गर्ने र पछि पहुँचकै भरमा प्रहरी बनाउने गरिँदा यस्तो समस्या आएको नेपाल प्रहरीका एक एसएसपी बताउँछन् ।त्यसरी रकम असुलीको आरोपमा निलम्बनमा परेका यी दुबै एसपीलाई पनि राअविबाटै ‘जबरजस्ती प्रहरी’ बनाउन नेपाल प्रहरीमा ल्याइएको थियो ।

जिल्ला प्रहरी र्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाह गतसाता एउटा संगीन आरोपमा मुछिए । उनकै निर्देशनमा एक पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजिएको घटना बाहिरियो ।

प्रतिबन्धित लागु औषधसहित दुई पत्रकार पक्राउ परेको भोलिपल्ट पत्रकार महासंघ रौतहट शाखाका सचिवसमेत रहेका सञ्जय सहनीसँग एसपी शाहले गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि यस घटनामा एसपी शाह पनि मुछिएका थिए ।

यो घटनालगत्तै प्रहरी प्रधान कार्यालयले शाहलाई जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानेको छ । उनीमाथि छानबिन गर्न एसएसपी कृष्ण महतको नेतृत्वमा टोली गठन गरिएको छ ।

लागूऔषध राखेर पत्रकारलाई फसाउन खोजिएको घटनामा मुछिएका शाहको प्रहरी सेवा प्रवेश भने स्वाभाविक थिएन । अरुजस्तै स्वाभाविक प्रतिस्पर्धा गरेर उनी प्रहरी सेवा प्रवेश गरेका होइनन् ।

राजनीतिक पहुँचका आधारमा गुप्तचर संस्था, राष्ट्रिय अनुसन्धान विभाग ९राअवि०मा भर्ना भएर त्यहीँ कार्यरत रहेका उनी २०५८ पुस २५ मा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए । त्यसबेला राअविमा इन्स्पेक्टर सरह अनुसन्धान अधिकृत रहेका उनी प्रहरी निरीक्षक इन्स्पेक्टरका रुपमा नेपाल प्रहरीमा स्थानान्तरण गरिएका थिए ।

त्यसबेला उनीसँगै जवानदेखि इन्सपेक्टरसम्मका ४६ जनालाई त्यसबेला राअविबाट नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो ।

यसरी शक्ति र पहुँचको आधारमा ‘प्रहरी’ बनेकाहरुबाट पछिल्लो समय प्रहरी संगठन नै बदनाम हुनथालेको छ । एसपी शाह पछिल्लो उदाहरण मात्र हुन् । गत मंसिरमा दुई एसपी विमल बस्नेत र रामेश्वर यादव नै निलम्बनमा परे ।

उनीहरु दुबै जनाले कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहत कार्यालयका हाकिमलाई धम्क्याउँदै रकम उठाएको र उनीहरुलाई समेत रकम उठाउन परिचालन गरेको आरोप लागेको थियो ।

राअविमा रहेकाहरुलाई प्रहरी सेवामा स्थानान्तरण गर्न दिइएको दबाबबारे नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलले आत्मकथामा सविस्तार लेखेका छन् । उनले आत्मकथामा लेखेअनुसार तत्कालीन गृहसचिवले ‘जरुरी सल्लाह छ’ भन्दै खरेललाई मन्त्रालयमा बोलाएका थिए ।

मन्त्रालय पुगेपछि उनले खरेललाई राअविका केही कर्मचारीलाई मन्त्रिपरिषदबाटै निर्णय गराएर नेपाल प्रहरीमा ल्याउनेबारे जिज्ञासा राखेका थिए । तर, खरेल त्यो प्रस्तावमा सहमत भएनन् ।

यो सम्भव नहुने कुरो हो । राअविमा गृहमन्त्री र गृहसचिवले सोझै इन्स्पेक्टरमा भर्ना गर्न सक्छन् । प्रहरीमा इन्स्पेक्टर बन्न लोकसेवाले लिने लिखित परीक्षा पास गरेर मेडिकल, फिजिकल लगायत परीक्षा उत्तिर्ण गर्नुपर्छ’ खरेलले गृहसचिवलाई भनेको कुरा आत्मकथामा उल्लेख गरेका छन्– ‘प्रहरी संगठनको सहमतिबिना चोर बाटोबाट सिनियर अधिकृत पन्छाउने निर्णय भयो भने म आइजीपी रहुन्जेल हेडक्वार्टर छिर्न दिने छैन ।’ नभन्दै खरेलको पालाभर गृहको त्यो योजना सम्भव भएन ।

उनले अवकाश पाएपछि आइजीपी बनेका प्रदिपशमशेर जबराको पालामा २०५८ पुस २५ गते राअविबाट ३० इन्स्पेक्टरसहित ४६ जनालाई नेपाल प्रहरीमा स्थानान्तरण गरियो । यसरी स्थानान्तरण गराउन तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का सक्रिय रहेको खरेलले उल्लेख गरेका छन् ।

हुन पनि त्यसबेला राजनीतिक नेतृत्वसँग पहुँच भएकाहरुले चलखेल गरेर स्थानान्तरण गराएका थिए । किनभने त्यसबेला गुप्तचर विभाग कार्यकर्ता भर्तीकेन्द्र नै थियो । सत्तामा रहेकाहरुले आफूनिकट व्यक्तिलाई सोझै गुप्तचरमा भर्ना गर्थे । तिनैलाई भित्र्याउनुको परिणाम प्रहरी संगठनले ब्यहोरिरहेको छ । नेपाल लाइभबाट