Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

बाँके ट्राफिकको असुलीकाण्ड : शुरू भयो छानबिन

प्रत्येक पोष्टमा रेट तोकिएको खुलासा, ट्राफिक पोष्टमा बयान, तनावमा बाँके पुलिस

नेपालगन्ज : बाँके आउने ट्राफिक प्रमुखदेखि एसपीसम्मको मुख्य उद्देश्य भनेकै आर्थिक असुली गरी सरूवा जाँदा एक करोड बोकेर जाने नै हो । यसमा कोही पानीमािथको ओबानो बन्न नखोजे हुन्छ ।

त्यसो त असुली धन्दा देशभरीका ट्राफिक कार्यालयमा रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर राजु भण्डारीले मासिक १२ लाख उठाउने गरेको यसअघि समाचार सार्वजनिक भैसकेको छ ।

तर, बाँकेका एसपी श्यामकृष्ण अधिकारी उक्त असुलीको घटनामा अहिले पनि चुपचाप रहेका छन । बाँके ट्राफिक बाँके पुलिस मातहत हुन्छ कि हुदैन आम नानगकिरको प्रश्न पनि रहेको छ ।

असुली घटनाले चरमरूप लिएपछि तीन दिनयता बाँकेमा वुटवलस्थित ट्राफिक प्रदेश कार्यालयका एक डिएसपीको कमाण्डमा छानबिन थालिएको छ । डिएसपीको कमाण्डमा वुटवलबाट आएको छानबिन टोली नेपालगन्जमा बसेर यहाँका सबै ट्राफिक पोष्टबाट बयान लिइरहेको खुलेको छ ।

बयानका क्रममा कतिपय ट्राफिकले झुट बोलेका छन । कतिपयले अधकच्लिटो र कतिपयले असुली भएकै हो भन्ने खालको बयान दिइरहेको स्र्रोत बताउँछ ।

कोहलपुर र नेपालगन्जमा रहेको ट्राफिक कार्यालयले मात्र मासिक ५–५ लाख उठाउने गरेको खुलेको छ । कुसुममा रहेको कार्यालयले २० हजार, शम्शेरगञ्जले ४० हजार, चिसापानीले २५ हजार तथा कोलहपुरको मदन चोकको कार्यालयले १० हजार जिल्लामा बुझाउने गरेको पनि खुलेको छ ।

सम्झना चोकको ट्राफिक पोष्टले १५ हजार, राँझाले २५ हजार, नेपालगन्ज बसपार्कले २० हजार, खजुरा धनौलीले १५ हजार, हलदापुरले १५ हजार तथा फुलटेकराले ३० हजार बुझाउने गरेको स्रोत बताउँछ ।

विगतमा लाइसेन्स खुलेको अवस्थामा थप कमाई हुनेमा त्यो चाँही रोकिएको छ,’ ट्राफिकका एक जुनियर अधिकृत भन्छन्,‘यसरी रेट नै तोकेर उठाउने भएपनि कतिधेरै बदमासी छ भन्ने प्रष्ट हुन्छ ।’ पैसा नबुझाउने इन्चार्जलाई हाकिमले तत्काल तान्ने गरेको पनि सार्वजनिक भएको छ ।