Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

अदालतमा न्यायधिश छन न्यायमुर्ति छैनन : पुर्वमन्त्री त्रिपाठी

नेपालगन्ज : पुर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका सयोजक हृदय त्रिपाठीले नेपालका अदालतमा न्यायधिश भएपनि न्यायमुर्ति नभएको खुलासा गरेका छन ।

अदालतमा रहेका न्यायधिशको काम एक थान उजुरी फैसला गर्ने हो पीडितलाई न्याय दिने होइन उनले भने ‘ पीडितलाई न्याय लिनका लागि न्यायमुर्ति चाहिन्छ । न्यायमुर्तिको नेपालका अदालतमा अभाव देखिएको छ ।’

नेपालगन्जमा बुधबार विहान ईसेतोखरीसँग कुराकानी गर्दै पुर्वमन्त्री त्रिपाठीले यस्तो बताएका हुन । नेपालका अदालतबाट अहिले पीडितले उचित न्याय पाउन नसकेको तर्फ संकेत गर्दै उनले न्यायधिशको राजनीतिक नियुक्ति र पहुँचका आधारमा हुने वर्गिकरण नै मुख्य चुनौती रहेको बताए ।

आफनो समूह अहिले कुनैपनि राजनीतिक दलसँग सहकार्य नगरी स्वतन्त्र बसेको बताउँदै उनले केही समयमा यहि समूहलाई सिङगो पाटीका रूपमा विधिवत निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।

अहिले नेपालका दलहरू सिद्धान्तका आधारमा नभई व्यक्तिगत रिसिविई र अहमताका आधारमा विभाजित भैरहेको उनी बताउँछन । नेकपा एमालेसँगको आफुहरूको यसअघिको सहकार्य निर्वाचनपछि सकिएको उनको भनाई छ ।

यहि अबस्थामा देश अघि बढ्ने हो भने छिटै दशेमा ठुलै घटना हुन सक्ने उनले संकेत गरेका छन । जसमा देशका ठुला दल नै जिम्मेवार र सक्रिय हुनेछन ।

अर्को एक प्रशंङ्गमा उनले नेपालगन्जमा आफनो पालामा घोषष्णा गरेको विश्वविद्यालय निर्माणका लागि यहाँका राजनीतिक दल, स्थानीय समाजसेवी, स्थानीय जनप्रतिनिधी लगायतका व्यक्तिहरूको सक्रियता आबश्यक रहेको बताएका छन ।

उत्तिबेला स्थापनाको लागि घोषणा गरिएको नेपालगन्ज विश्वविद्यालय मात्रै नभई प्रदेश सरकारले खजुरामा बनाउने भनेको विश्वविद्यालयको बाँकेमा अहिले पनि कुनै काम अघि बढ्न सकेको छैन ।

तत्कालिन अबस्थामा नेपालगन्ज विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक समेत रहेका पशुपतिदयाल मिश्रा राज्यको नेपालगन्जप्रतिको हेपाह नीतिको कारण संघिय संसदमा सबै पूवार्धार अध्ययन पुरा गरी तयार पारिएको नेपालगन्ज विश्व विद्यालय विद्येयक संसदमा पुगेर पनि थन्कनु परेको बताउँछन ।

नेपालगन्जमा विश्वविद्यालय स्थापनाको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, प्राईम लोकेशनमा जमिनको उपलब्धता गराउने तथा अन्य आवश्यक संरचना दिन नेपालगन्जबासी तयार रहेको भनिएपनि अहिलेसम्म जग्गा समेत व्यवस्थापन हुन नसकेको देखिएको छ ।

पुर्वमन्त्री त्रिपाठीले तराईमा देखिएको मधेशवादी दलको समसया देशकै समस्या भएको बताएका छन । उनले मधेशी दलको समसया सधानमा सरकार गम्भीर नभए यसले दशेमै समस्या सृजना पार्ने निश्चित रहेको उनको संकेत छ ।

पुर्वमन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको कामले बाँकेमा आएको र यहाँ उनले आफनो समुहका स्थानीय नेता तथा कार्यकर्ता, पत्रकार नागरिक समाजका अगुवासगँ भेटी देशको वर्तमान अबस्थाका बारे बहस तथा छलफल गरेको अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश मिश्रा बताउँछन ।