Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

नन्कुनी हत्या प्रकरण : २५ सिडिओ अफिस घेराउको चेतावनी

बाँकेका एसपी श्यामकृष्ण अधिकारीको सरूवा माग, एसपीको तुक्ष्य व्यवहारले नागरिकदेखि प्रहरी अधिकारी र जवान नै पीडित

नेपालगन्ज : जानकी गाउँपालिकाकी नन्कुनी धोबीको हत्या प्रकरणमा बाँके पुलिसले चासो नदेखाएको भन्दै महिला अधिकारकर्मीले आन्दोलनको तयारी गरेका छन ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेको दादागिरी तथा पीडकसँगको मिलेमतोका कारण नन्कुनी हत्या प्रकरणमा किटानी जहहेरीको उनुरी अहिलेपनि बाँके पुलिसले दर्ता गर्न चासो देखाएको छैन ।

किटानी जाहेरी सहतिको उजुरी दर्ता गरी दोाष्ी पक्राउमा लापरावही गरेको भन्दैबाँकेका एसपी अधिकारी र डिएसपी न्यौपानेमाथि पनि छानबीनको माग महिला अधिकार मन्च बाँकेले गरिरहेको छ ।

आईजीपीको आडमा शान देखाउँदै बाँकेका पत्रकार र अधिकाकर्मीलाई धम्कीदिदै त्रर्साउदै आएका एसपी अधिकारी करिब दुई महिनाको अवधीमा दर्जनबढी काण्डमा मुछिएका छन । चोरी, डकैती, कुटपीट, बलात्कार अबैद्य असुलीदेखि हत्याका घटनामा समेत उनी असफल र असक्षम देखिएका छन ।

बाँकेका पत्रकार, अधिकारकर्मी, नागरिक समाजका अगुवा, सर्वसाधराण र प्लिस भित्रैका केही अधिकारीले समेत एसपी अधिकारीको त्तकाल बाँकेबाट अनयत्र सरूवा गरिनुपर्ने मगा समेत गर्दे आएका छन ।

तर, आईजीपीको नाम बेचेर उनकै आड र संरक्षण्मा बाँकेका एसपीले पत्रकारदेखि अधिकारकर्मी हुँदै सर्वसाधराण र प्रहरीलाई नै धम्काउदै आएको चौतर्फी गुनासो छ ।

एसपी अधिकारीका यस्तै हर्कत र अमानवीय गतिविधीका कारण महिला अधिकार मन्चका २५ जिल्लाका शाखाहरूले १० गतेदेखि उनी र डिएसपीका बिरूद्ध हरेक सिडिओ अफिसमा विविध विरोधका कार्यक्रम गर्ने तयारी गरेको महिला अधिकार मन्च बाँकेका रूवी खान बताउँछिन ।

मुलुकी फौँजदारी कार्यविधि संहिता २०७४ मा प्रहरीले मुद्धा दर्ता गर्दिन भन्न पाउँने व्यवस्था गरेको छैन । कुनैपनि जाहेरी दर्ता गर्ने नगर्ने प्रहरीको तजबिजी अधिकार नभएको बाँकेका कानून व्यवसायी बताउँछन ।‘पीडितले दिएको जाहेरी प्रहरीले सम्मानपूर्वक दर्ता गरेर अनुसन्धान गर्नुपर्ने दायित्व प्रहरीको हो ।

फैसला दिने काम अदालतको हो । प्रहरीको वा एसपीको होइन । प्रहरीले दर्ता गर्न नमानेमा अन्य निकायबाट पनि जाहेरी दर्ता गर्न पाउने कानूनी व्यवस्था छ ।

बाँकको जानकी गाउँपालिका–२ बेलभार अन्तर्गतको नेवाजी गाउँकी ३८ वर्षीया नन्कुनी धोबीको हत्या जाहेरी बाँकेका एसपीले दर्ता नगर्नुलाई देशभरका अधिकारकर्मी सन्चारकर्मी र कानून व्यवसायीले गम्भीरताका साथ हेरिरहेका छन ।

एसपी अधिकारीले जिम्मेवारीबाट पन्छिदै राजनीतिक आड र पहुँच तथा पीडक पक्षसँगको आर्थिक चलखेलमा जाहेरी दर्ता नगरेको महिला अधिकार मन्चले खुलासा गरेको छ ।

एसपी अधिकारीले गैरजिम्मेवारी पूर्वक ‘हत्याको जाहेरी बाँके प्रहरीमा वा आफुमार्फत कुनै हालतमा दर्ता नहुने बताएको अधिकारकर्मी रूवी खान बताउँछिन । उनले भनिन ‘यसबाट पनि एसपी अधिकारी र पीडक पक्षको चलखेल भैरहेको पुष्टि हुन्छ ।’

बाँकेका एसपी अधिकारी बाँकेका एक पुर्व साँसदको आडमा दादागिरी मचाउदै आएको पत्रकार र अधिकारकर्मीलाई समेत नानाथरी गालीगलौज गरी धम्की दिने गरेको हत्या जस्तो घटनाको जाहेरी दर्ता गर्न कन्जुसाई गर्दै आएको मन्चद्धारा जारी विज्ञप्तीमा यस अघि नै उल्लेख गरिएको छ ।

शुरूमै पत्रकारमाथि जाई लागेका उनी अधिकारकर्मीदेखि नागरिकलाई समेत सास्ती दिदै आएका छन । उनी आएदेखि बाँकेका कुनैपनि पीडितले सहज र प्रभावकारी तथा प्रहरीको उद्देश्यमा रहेर सेवा पाउन सकेका छैनन ।

गएको श्रावण ६ गते बिहान नन्कुनीको शव आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर, उक्त घटनामा बाँके पुलिसले प्रभावकारी अनुसन्धान समेत गर्न चासो देखाएको छैन ।

नन्कुनीका भाई माताप्रसाद दिदी झुण्डिएको कोठामा झुण्डिन सजिलो बनाउने कुनै चिज नराखिएको र कानबाट रगत बगेको आफूले देखेको बताउँछन् ।

यसका साथै पहिलेदेखि नन्कुनीमाथि हुँदै आएको अत्याचारका कारण उनले आत्महत्या नभई उनका श्रिमान्ले हत्या गरेको हुनसक्ने आशंकामा माताले ६ गते नै प्रहरीमा किटानी उजुरी दिएका हुन । तर प्रहरीले उजुरी दर्ता गर्न अहिले पनि नमानेको अधिकारकर्मी खान बताउँछिन ।

नन्कुनीका पिता छोट्टन धोवीले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन । उनका अनुसार आफूले मुचुल्का गर्दा नै छोरीको हत्या भएको भन्दै सहीछाप गर्न नमानेपछि प्रहरीले नियन्त्रणमा लिएर थुनिदिन्छु भन्दै जबरजस्ती सहीछाप गराएको थियो । छोट्टनले बाँकेका एसपी अधिकारी र आरोपित पीडक पक्षबिच अनुचित साँठगाँठ भएको खुलासा गरेका छन ।