Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

धरापमा उद्योग : बार्षिक ३ अर्ब भारत निर्यात

कोइला अभावमा बाँकेका इट्टा उद्योग मर्कामा, उद्योग बन्द, एक हजार मजदुर बेरोजगार

नेपालगन्ज : बाँके लगायत देशभरका विभिन्न इँटा उद्योगमा काम गर्न आएका भारतीय मजदुरले प्रत्येक वर्ष कम्तीमा तीन अर्ब भारतीय रूपैयाँ नेपालबाट लैजाने गरेका छन् ।
मुलुकभरका इँटा उद्योगमा करिब एक लाख भारतीय श्रमिकले काम गर्दै आएका छन् ।

बाँकेमा मात्रै एक हजारबढी भारतीय मजदुर छन । मजदुरले भारत फर्किंदा वर्षको कम्तीमा ३० हजार भारू लैजाँदा तीन अर्ब भारतीय रुपैयाँ बाहिरिने गरेको छ ।

उद्योगमा काम गर्ने श्रमिकले घर फर्कंदा कम्तीमा ३०–३५ हजार भारु लैजाने गरेको इट्टा व्यवसायी बताउँछन । अहिले इँटा उद्योगमा एक लाख ५० हजार श्रमिक कार्यरत छन्।

यसमध्ये स्वदेशी श्रमिकको संख्या ५० हजार जति मात्रै छ । स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै वैदेशिक रोजगारीमा भने दैनिक औसत १२–१५ सय युवा गइरहेका छन् ।
यतिबेला बाँके लगायत आसपास जिल्लाका इँट्टा ब्यवसायी समस्यामा परेका छन् ।

भारतले कोइला ल्याउन रोक लगाएपछि यस क्षेत्रका इट्टा ब्यवसायी समस्यामा परेका हुन् । इँट्टाको सिजन भएकै बेला भारतले इँट्टा पकाउन प्रयोग हुने कोइला ल्याउन नदिएपछि तयार भएको काचो इँटा पकाउन नसकेको चाँद इँट्टा उद्योगका सञ्चालक चाँद खान बताउँछन ।

उद्योगीले इँट्टा पकाउनका लागि झारखण्ड र बङ्गालबाट कोइला ल्याउने गरेका छन् । भारत सरकारले कोइला अभाव भएको बहाना बनाएर ल्याउन रोक लगाएको उनले बताए । इँट्टा तयार छ, तर कोइला नभएर भट्ठामा हाल्न सकेका छैनौँ,’ उनले भने, ‘पानी पर्यो भने गलेर सत्यानाश हुने डर छ ।’

बाँके, बर्दिया, दाङ, सुर्खेतका इँट्टा उद्योगीले भारत र तेस्रो मुलुकबाट कोइला ल्याउने गरेका छन् । भारतले आफ्नो देशको मात्र नभई तेस्रो मुलुकबाट आउने कोइला समेत ल्याउन नदिएको गुड्डु इँट्टा उद्योगका गुड्डु कसगर बताउँछन ।

बाँकेमा मात्र ६० वटा इँट्टा उद्योग सञ्चालनमा छन् । भारतले ८ मार्च, २०२१ देखि कोइला ल्याउन नदिएको किसान इँट्टा उद्योगका संचालक रज्जव अलि बताउँछन । कोरोनाका कारण अहिले अधिकाशं उद्योग बन्द छन । यसले एक हजारबढी मजदुर बेरोजगार भएका छन ।