Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

कुरूप बन्दै कोहलपुर चौराहको स्तम्भ

ठेकेदार निकाय सिद्धार्थ बिजनेस ग्रुप र संरक्षक कोहलपुर नगरपालिका उदासीन, स्तम्भ निर्माण गुणस्तरहीन

नेपालगन्ज : तत्कालिन संघिय सरकारका शहरी विकास मन्त्री ईश्तियाक मोहम्मद राईले तामझामका साथ उद्घाटन गरेको कोहलपुर चौराहको स्तम्भसहितको पार्क यबितेला कुरूप बन्दै गएको छ । उक्त संरचना गुणस्तरहीन भएको खुलेको छ ।

साढे तीन दशकपछि रूप फेरिएको बाँकेको कोहलपुर चौराहा र यहाँ निर्माण गरिएको बाघको चित्र सहितको स्तम्भ गुणस्तरहीन देखिएको छ ।

कोहलपुर नगरपालिकासँगको सहकार्यमा सिद्धार्थ हस्पिटालिटीले कोहलपुर चौराहमा निर्माण गरेको उक्त स्तम्भ सहितको पार्क अहिले संरक्षण्को अभावमा कुरूप बन्दै गएको छ ।

संरक्षक र मर्मतको जिम्मेवारी लिएको ठेकेदार सिद्धार्थले यसको संरक्षणमा प्रतिबद्धता अनुसार काम गरेको छैन । भ्रष्टचारको अखडाका रूपमा पहिचान बनाएको कोहलपुर नगरपालिका उदासीन छ ।पानीको फोहोरा सहितको आकर्षक बगैचाको बिचभागमा बाघको स्तम्भ निर्माण गरिएको छ ।

ठेकेदार संस्था सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले नगरपालिकासँग सहकार्यमा ५० लाखको लागतमा पार्क निर्माण गरेको रकेर्ड छ ।

तर, अहिले मर्मत र संरक्षणको अभावमा उक्त पार्क र स्तरम्भ जीर्ण बनिरहेको छ । स्तम्भमा लगाइएको सिमेन्ट समेत खस्दै गएको देखिएको छ । यसले स्तम्भ समेत उजाड देखिएको छ ।

१७ हजार ५ सय वर्ग फिटमा फैलिएको कोहलपुर चौराहा पार्कमा लाइटिङसहित पानीको फोहरा र विश्रामस्थल बनेका छन् । तर, यी फोहरा प्रयोगमा देखिदैनन ।

पार्कको बीचमा अग्लो स्तम्भको माथि पित्तलको बाघको प्रतिमा राखिएको छ । जुन प्रतिमा मापदण्ड विपरित रहेको छ ।

बाघको प्रतीमा भने सानो हुँदा बिरालो जस्तो देखिएको टिप्पणी हुन थालेको छ । पार्कभित्र दुबो र फूलहरु रोपेर हरियाली र आकर्षक बनाउने भनिएपनि लक्ष्य अनुसार काम भएको देखिदैन ।

पार्कको रेखदेखका लागि सिद्धार्थ ग्रुपले नै मालीको व्यवस्थापनसमेत गर्ने भनिएपनि अहिले महिनामा एक पटक पनि मालिको दर्शन नपाउने गरेको स्थानीय बताउँछन ।

चौराहा पार्कलाई आगामी १५ वर्षसम्म सिद्दार्थ ग्रुपले नै मालीको व्यवस्था गरेर नियमित रुपमा रेखदेख मर्मत गर्ने लिखित सम्झौता छ । तर, सम्झौताअनुसार काम भएको छैन ।