Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

दुर्गन्धित घरवारीटोल : जिम्मेवारी कसको ?

उपमहानगरको उदासीनताले फोहोरमैला व्यवस्थापनमा चुनौती, स्थानीय आक्रोशित

नेपालगन्ज : बाँकेको नेपालगन्ज पश्चिम नेपालकै प्रतिष्ठित शहरमा आउँछ । पश्चिम नेपालकै एक व्यापारिक केन्द्रको रूपमा परिचित छ । नेपालगन्जलाई महानगर बनाउन माग गर्नेहरु पनि लागेकै छन् ।

जनप्रतिनिधी आएदेखि नेपालगन्जमा विकासका प्रयासहरु पनि सहजै देख्न सकिन्छ । चौडा बाटोहरु, सौर्य सडक वत्ति, बजारका शाखा सडकहरुको विस्तार आदि आदि । तर, यहााको फोहोर व्यवस्थापनमाअ झै चुनोती नै देखिएको छ ।

खै किन हो ? सबै कुरा हुँदाहुँदै पनि यहाँको फोहोर दिन प्रति दिन बढ्दै गैरहेको छ । नेपालका अन्य शहरहरुबाट यहाँ आउने मान्छेहरु छक्क पर्ने गरेका छन । यहाँको यत्रो विघ्न फोहोर देख्दा पनि सरोकारवाला निकायबाट खासै उपलब्धीमूलक काम हुन सकेको पाइदैन ।

किन र कुन कुराले असर गरिरहेको छ त नेपालगन्जको फोहोर हुनुमा र यसको व्यवस्थापनमा ? एउटा प्रश्न रहेको छ । हुन त नेपालका अन्य शहरहरु पनि कुनै विशेष प्रशंसा गर्ने लायककै त छैनन् ।

तर, पनि नेपालगन्ज जस्तो उपमहानगरपालिका भइसकेको सहर किन यस्तो अबस्थामा रहेको होला ?

टाढा जानै पदैन शहरको मुटु घरवारीटोलमा मात्रैउक राउण्ड घुम्ने हो भने यहाँका प्राय ः चोकचोकमा फोहोरको डङ्गुर देखिने गरेको छ ।

यसको व्यवस्थापनमा नेपालगन्ज उपमहानगरपालिकासँगै वडापालिकाको समेत ध्यान जान सकेको देखिदैन । उक्त घरवारी टोलमा रहेका व्यवसायी र बजार गर्न आउने उपभोक्ताले नाक छोपेर हिडनुको विकल्प छैन ।

शहर सफा राख्न सुर्खेतरोड मात्रे सजाएर हुादै यहाँका भित्रि सडक र यी सडकमा देखिएका फोहोरको पनि उत्तिकै र नियमित व्यवस्थापन गर्न आबश्यक देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने भनिएको छ। तर, आजकल यो शहर दिनप्रतिदिन दुर्गन्धित बन्दै गइरहेको छ ।

उपमहानगर क्षेत्र भित्र फोहोरमैला तथा सडक पशु चौपायको राम्रोसँग व्यवस्थापन नहुदाँ यो समस्या दिनप्रतिदिन बढ्दो छ । जसकारण शहर नै कतिपय अवस्थामा कुरुप देखिने गरेको छ ।

आजकल विहानी समयमा शहरका मुख्य चोकका सडममा यत्रतत्र फोहोर फालिएको तथा छाँडा पशु चौपायले उक्त फोहोर खोतल्दै खाँदै गरेको र छिरलेको देख्न सकिन्छ । जसकारण दिनप्रतिदिन नेपालगन्को भित्रि सडक र बजार दुर्गन्धीत बन्दै गएको छ ।

यता उपमहानगरपालिकाको सरसफाई शाखाले भने स्थानीयले रातको समयमा सडकमा ल्याई जथाभावी फोहोर फाल्दा त्यसको व्यवस्थामा समस्या भइरहेकोे बताउँदै आएको छ ।

घरवारी टोलका स्थानीयले भने फोहोरमैला व्यवस्थापनका लागि उपमहानगरपालिकाले समय समयमा गाडी उपलब्ध गराउनु पर्ने बताएका छन् विगत केही दिनदेखि घरवारी टोलमा नगरपालिकाको गाडी नआएको स्थानीय बताउँछन ।