Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

बढ्दै कोरोना संक्रमण : पुलिसदेखि जनप्रतिनिधी हुँदै पुर्वमन्त्रीद्धारा स्वास्थ्य मापदण्ड उल्लघन

नेपालगन्ज : बाँकेमा आम नागरिकदेखि सरकारी कर्मचारी मात्रै नभई जनप्रतिनिधी हुँदै पुर्व तथा वर्तमान साँसद र मन्त्रीले समेत स्वास्थ्य मापदण्ड पालनामा कन्जुसाई गर्देै आएका छन ।

बाँकेमा फेरि कोरोनाको संक्रमण बढेको देखिएको छ । यसअघि केही साता खाली रहेका अस्पतालका बेड अहिले विस्तारै विरामीको चापले भरिदै गएका छन ।

कोरोना बिशेष अस्पतालमा पनि विरामी बढेको देखिएको छ। अहिलेपनि दैनिक जसो एक जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको रेकर्डले देखाएको छ ।

यस्तो अबस्थामा बाँकेका प्रहरी प्रमुखदेखि सहायक सिडिओ समेत बजार माक्सबाँडने निहुँमा हुलधङगा गर्दै हिडेको देखिएको छ । यसपनि नेपालगन्जमाकोरोना जोखि अझै बढेको छ ।

यतिसम्मकी बाँकेमा आजभोली देखिएका सामाजिक सन्जालका तस्वीर अनुसार पुलिसका हामिकदेखि सरकारी अधिकारी हुँदै जनप्रतिनिधी र पुर्व मन्त्रीले समेत स्वास्थ्य मापदण्डको उल्लघन गर्दै आएका छन ।

सहायक सिडिओ पुलिसका हाकिम र अन्य कर्मचारी तथा स्थानीय जनप्रतिनिधीले मापदण्ड उल्लघन गरेको आरोप खेपिरहेका बेला राप्रपाको केन्द्रीय निर्देशन समिति सदस्य समेत रहेकी पुर्वराज्यमन्त्री तथा महिला संगठनको केन्द्रीय अध्यक्ष कुन्ती शाही लगायतले पनि स्वास्थ्य मापदण्डको ठाडै उल्लघन गरेको देखिएको छ ।

यसरी मापदण्ड उल्लघन गर्नेमा राप्रपाका नृतृहरूसागै नेपालगन्ज उपमहा नगरपालिकाका महिला जनप्रतिनिधी समेत रहेको देखिएको छ ।

आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालनामा सचेतना जगाउँने वर्ग नै यसरी आफै मापदण्ड र नीति विपरित हिडदा समाजमा र नागरिकमा कस्तो प्रभाव पर्ला ? यतिबेला नागरिले प्रश्न गरिरहेका छन ।

बाकेमा भएको राप्राका महला नेतृहरूको रमाईलो भेटघाटमा नत माक्स, सेनिटाइजरको प्रयोग थियो । नत सामाजिक दुरी नै कायम गरिएको थियो ।

जनप्रतिनिधीदेखि पुर्वमन्त्री समेत स्वास्थ्य मापदण्ड उल्लघनमा सक्रिय भएपनि अन्य कार्यकर्ता र नेता तथा उक्त भेटघाटमा सहभागी केही राप्रपा निकट पत्रकारले समेत सो मापदण्ड ठाडै उल्लघन गरेका दर्जनबढी तस्वीर सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक भैरहेका छन ।

यस्तो समस्या राप्रपामा मात्रै होइन सबै राजनीतिक दल, एनजिओ तथा माक्स वितरणको निहुँमा आफुलाई ठुलै अभियान्ता ठान्दै आएका निकाय र व्यक्तिमा पनि उत्तिकै देखिएको छ ।