Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

नेपालगन्ज – पोखरा उडान : प्राथमिकतामा किन परेन बाँके ?

के होटलमा एक छाकँ खानु र रात विताउनु मात्रै पर्यटन विकास हो ? बाँके राष्ट्रिय निकुन्ज र गाभर भ्याली खोई पर्यटनको सूचीमा, सिधै बर्दिया किन ?

नेपालगन्ज : आइतबारदेखि नेपालगन्ज हुँदै पोखराको हवाई उडान फेरि थालीएको छ । बाँकेको पर्यटन विकासका लागि भन्दै थालीएको उक्त हवाई उडानबाट बाँके नै उपेक्षित देखिएको छ ।

बाँकेको समग्र पर्यटन विकासको निहुँमा थालीएको उक्त कामले बर्दियाको पर्यटन विकास र त्यहाँका होटलको व्यवसायमा बृद्धि गर्ने देखिएको छ ।

किनकी नेपालगन्ज देखि पोखरा हवाई उडाका लागि लागिपरेका केही व्यवसायीको रोजाईमा बाँकेको भन्दा बर्दियाको पर्यटन विकास प्राथमिकतामा परेको देखिएको छ ।

व्यवसायीले बाँकेका होटलसँग र यहाँ रहेको बाँके राष्ट्रिय निकुन्जसँग कुनैपनि खालको सहमति नगरी कुनै प्याकेज नबनाई सिधै बर्दियाका होटल र बर्दिया राष्ट्रिय निकुन्जसँग सहकार्य गरेको खुलेको छ ।

यसले पनि यस उडानमा देखिएका विचौलियाहरू बाँकेको नाम बेचेर बर्दियाको पर्यटन विकासमा सक्रिय देखिएको स्पष्ट भएको छ ।

बर्दियाका होटल र त्यहाँको निकुन्जसँग् सहकार्य हुँदा बाँकेका उत्कृष्ट होटल र यहाँको निकुन्जलाई वेवास्ता गरिएको देखिएको छ ।

पर्यटककालाई बाँकेमा पनि निकुन्जमा सफारी गराउन सकिन्छ, गाभर भ्यालीमा मनोरन्जनका लागि घुमाउन सकिन्छ, बर्फानीबाबादेखि बागेश्वरी मन्दिर हुँदै नेपालगन्ज शहरनै एक पर्यटकिय गन्तव्यका रूपमा रहेको छ ।

तर, आइतबार सार्वजनिक गरिएको पर्यटन व्यवसायीको प्याकेजमा यी सबै पर्यटन क्षेत्रलाई उपेक्षित गरिएको छ ।

पोखराबाट नेपालगन्ज आउने यात्रुलाई १३ हजार ९ सय रुपैँयाको प्याकेज बनाइएको छ । उक्त रुपैँयामा टीकट खरिद गर्ने यात्रुले दुई रात होटलमा बास बस्न पाउने छ । भने, दुई वटा ब्रेकफास्ट पाउने छ ।

यस प्याकेजमा यात्रुलाई बर्दिया राष्ट्रिय निञ्कुज घुमाउने ब्यवस्था पनि मिलाएको छ । तर यो योजना बर्दियाका लागि मात्रै अहिले र्वाजनिक भएको देखिएको छ ।

यहाँबाट जाने यात्रुलाई होटलसम्म पुर्याउने, दुई जनालाई सुविधा सम्पन्न होटलमा दुई रात बासको ब्यवस्था र होटलमा बसेको सयमा ब्रेकफास्टको ब्यवस्था एयरलायन्सले मिलाएको स्टेशन प्रमुख शाहले बताए ।

आफुलाई पर्यटन क्षेत्रको ठकेदार सम्झने नाटा, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल ब्यवसायी संघलगायतले समेत यस बिषयमा ध्यान दिएका छैनन ।

यहाँका व्यवसायीेले एक रात होटल बस्नु र एक छाँक खाना खाइदिनुलाई मात्रै बाँकेको समग्र पर्यटनको विकास सम्झिदै आएका छन । यो गलत बुझाई हो ।

नाटाका केन्द्रिय अध्यक्ष अच्यूत गुरागाईले बाँकेका व्यवसायीलाई ललिपप छर्न र फकाउनकै लागि नेपालगन्ज–पोखरा नियमति उडानले पर्यटन प्रवद्र्धनको क्षेत्रमा कोसेढुंगा सावित बताएपनि यो पर्यटन प्याकेजले बाँकेलाई प्राथमितामा नपारेको स्पष्ट देखिएको छ ।

पर्यटन विकास मन्च लगायतका केही संस्थाले यसअिघ बार्फानी बाबाको पर्यटन विकासका लागि भन्दै हेलिकप्टरमा अवलोकन गरेका थिए ।

तर, अहिलेसम्म उक्त ठाउँको पर्यटन विकासमा यो मन्च नामक लगायतका एनजिओमुखी पर्यटकीय संस्थाले कुनै लछारपाटो लाउन सकेका छैनन । हेलिकप्टरमा चढेर आकाशबाटै गरिएको मन्दिर अवलोनकन सार्थकतामा पुगेको छैन ।

उक्त हेलिकप्टरको लगानी वालुवामा पानी भएको बेला बाँकेको नाम जोडेको बर्दियाको पर्यटन विकासमा यहि मन्च लगायतका विविध संस्थाका ठेकेदारहरू सक्रिय देखिएको नागरिक बताउँछन ।

हवाइ कम्पनीले उडान मात्रै गर्ने हो । अरू सबै व्यवस्थापन यहाँका पर्यटन र होटल व्यवसायीले गर्ने हो बुद्ध एअरका नेपालगन्ज प्रमुख विनित शाहले भने ‘अहिले बाँकेका होटल र पर्यटन व्यवसायीले पनि बाँकेलाई टेकेर बर्दियाकै होटल र निकुन्जसँग सहकार्य गरेको देखिएको छ । ’

बाँकेमा पनि पर्यटनका लागि थुप्रै सम्भावना र ठाउँ छन यसबारे उहाँहरूले बेलैमा ध्यान दिन आबश्यक देखिन्छ शाहले भने ‘पोखरा नेपालगन्ज उडानमा बाँकेलार्य उपेक्षित गर्न हुँदैन ।’