Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

डाक्टर प्रकाश र राजनसहित सात जना सम्मानित

नेपालगन्ज : बारबरा फाउन्डेशनले भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाशबहादुर थापा र प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेसहित सात जनालाई विशेष सम्मान प्रदान गरेको छ ।

बारबरा फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड १९ विशेष सम्मान प्रदान गर्ने क्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर थापा र पाण्डेसहित अस्पतालका नर्सिङ स्टाफ, ल्याबका सहइन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसीलाई विशेष सम्मान प्रदान गरेको हो ।

चिकित्सा क्षेत्रबाट डा क्टर पाण्डे, अस्पताल प्रशासनबाट डाक्टर थापाका साथै नर्सिङ क्षेत्रबाट पनि सम्मान गरेको छ । प्रयोगशालाबाट ढकाल र सहयोगीको तर्फबाट डीसी सम्मानित भएका छन ।

डाक्टर थापा र पाण्डेलाई २ लाख ५० हजार प्रदान गरिएको छ । यस्तै नर्सिङ स्टाफलाई जनही १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ। यस्तै ढकाल र डीसीलाई जनही एकउक लाख नगदसहित सम्मान प्रदान गरिएको छ ।

फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्थालाई सम्मानित गरिएको छ ।

फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरेको छ । यस्तै २७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ ।