Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

जनमनका ढुकढुकी ‘भीम ओली’

गाई, बाख्रा गोठालोदेखि राखेपको प्रदेश सदस्य सचिवसम्मको यात्रामा ओली

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाको सितापुरस्थित बलैपुरमा बाबु सोबु र आमा लिला ओलीको कोखबाट २०३५ साल ९ महिना १७ गते जन्मिएका भीम ओली यतिबेला पश्चिम नेपालको खेल क्षेत्रका एक उदयमान नक्षत्रको रूपमा देखिएका छन ।

पश्चिम नेपालका हजारौं खेलाडीका मनका ढुकढुकी ओली अहिले लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका छन ।

२०५३ सालमा जनता नमुना मावि सन्तकुटी खजुराबाट एसएलसी उत्तिर्ण गरेका ओलीले उच्चशिक्षा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट लिएका थिए ।

धुलो, माटोमा खेल्दै, गाई, भैंसी, बाख्रा चराउँदै, बाआमालाई कृषि काममा सघाउँदै वालइकाल बिताएका सदस्य सचिव ओली यस अघि मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भैसकेका छन ।

गाउँघरमा खेलिने फुटबल, भलिबल ,डण्डिवियो खेलले, बिद्यालयमा खेलिने त्यो बेलाको बिरेन्द्र रनिङ शिल्ड, हुँदै नेपालगन्ज रङशालामा हुने फुटबल प्रतियोगिता र २०५५ मा नेपालगन्जमा आयोजना भएको चौथो राष्ट्रिय खेलकुदले खेल क्षेत्रमा लाग्न प्रेरणा जगाएको उनी बताउँछन ।

विशेष गरि खेलमा २०५४ सालमा स्थानीय शान्ति स्पोर्ट्स क्लबको अध्यक्ष भएदेखि निरन्तर,२०६२ मा मध्यपश्चिम क्षेत्रीय भलिबल सँघको उपाध्यक्ष,२०६५ भलिबल सँघ केन्द्रीय सदस्य,२०७२ देखि हालसम्म नेपाल भलिबल सँघको केन्द्रीय सचिव र नेपाल खेलकुद महासँघको केन्द्रीय उपाध्यक्ष भै काम गरिरहेका ओलीको प्रदेश खेलकुद परिषदमा आगमनले आगामी दिन यस प्रदेशमा खेल क्षेत्रले अझै फड्को मार्ने विश्वास गरिएको छ ।

२०७२ साउन १२ देखि २०७६ साउन १२ गते सम्म मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति – प्रदेश न–५ को अध्यक्ष भै काम गरेका ओलीसँग खेल क्षेत्रको लामो र ठुलै भकारी अनुभव रहेको देखिएको छ ।

विशेषगरी जिम्मेवारीमा हुँदा ३३ वर्ष देखि प्रत्येक २÷२ वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसकेको अवस्थामा ७औ राष्ट्रिय खेलकुद २०७३ विराटनगरमा आयोजन भएको २ वर्ष भित्रै २०७५ मा नेपालगन्जमा ८औ राष्ट्रिय खेलकुद सफल रुपमा आयोजना गरेर ऐतिहासिक कामको रुपमा लुम्बिनी प्रदेश लाई दर्ज गर्न सफल भएको उनी बताउँछन ।

योजना लुम्बिनी प्रदेश सरकारले अघि सारेको योजनालाई अघि बढाउने, ८औ राष्ट्रिय खेलकुद आयोजना सँगै अधुरो रहेको काम सँघिय, प्रदेश र स्थानीय गरि तिनै तहको सरकारको सहकार्यमा काम सम्पन्न गर्ने अनि खेल गतिबिधिलाई प्राथमिकता दिने, खेलाडीलाई प्रोत्साहन गर्ने नै अबको योजना रहेको सदस्य सचिव ओली बताउँछन ।

महेन्द्र महुमुखी क्याम्पसको स्वयुवियु पुर्वसचिव भएर काम गरिसकेका ओली नेकपा एमाले बाँकेका सदस्य हुन् ।

ओलीका अनुसार लुम्बिनी प्रदेश खेलकुदको उर्वरा भुमी हो । यहाँबाट क्रिकेट, एथलेटिक्स, भलिबल लगायत थुपैं खेलका खेलाडीले अन्तराष्ट्रिय स्तरमै पदक जितेका छन । पुर्वाधार निमार्ण र खेलकर्मीको मनोबल बढाउँदै यस प्रदेशलाई पुन एक पल्ट नेपालको उत्कृष्ट क्षेत्रका रूपमा चिनाउने उनको सपना छ ।

लुम्बिनी प्रदेशको खेलकुद र पर्यटनलाई सँगैसँगै अगाडी बढाउने सके खेलकुदमा थुपै्र उपलब्धी प्राप्त गर्ने सकिने सदस्य सचिव ओली बताउँछन । राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका नवनियुक्त सदस्य सचिव ओलीको कार्यकाल सफलताको सेतोखरी मिडिया प्राली हार्दिक शुभकामना व्यक्ति गर्दछ ।