Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

एमालेमा किचलो : मनोमानी रूपमा विभागलाई पूर्णता

नेपालगन्ज : सुर्य ढकाल अध्यक्ष रहेको नेकपा एमाले बाँकेका विभिन्न विभागहरूमा अध्यक्ष ढकाल लगायतका केही आसेपासेको मनोमानीका आधारमा पदाधिकारी राखि विभागलाई पूर्णता दिएको छ ।

एमालेको प्रचार विभागमा समेत बाँकेका सिनियर र सक्रिय प्रेस चौतारी आबद्ध पत्रकारलाई कुनै जानकारी नै नदिई केही सन्तमन्तहरूको कुरामा लागेर अध्यक्ष ढकालले प्रचार विभागमा समेत आफुखुशीका व्यक्तिलाई सदस्य मनोनित गरेको चौतारी आबद्ध पत्रकारहरूको गुनासो छ ।

सक्रिय र सिनियर धेरै व्यक्तिलाई लत्याउँदै एमाले बाँकेले एकै व्यक्तिलाई दुई वटा विभागको जिम्मेवारी समेत दिएको खुलेको छ ।

प्रेस चौतारीको नेतृत्व गरिरहेका नेपाल पत्रकार महासंघको नेतृत्वमा पुगेका एउटै व्यक्तिलाई प्रचार विभागमा राख्नु आबश्यक देखिदैन । एक व्यक्ति एक पदको अवधारणा अनुसार नयाँ व्यक्तिलाई ठाउँ दिए उपयुक्त हुने जानकाररू बताउँछन ।

एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको अध्यक्ष सुर्य ढकालले दाबी गरेका छन ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१ वडा १९ जनवर्गिय संगठन २३ विभाग,३ क्षेत्रीय कमिटीहरु आठ गाउँ कमिटी ६ प्रदेश कमिटी गठन पछि विभागहरु पनि पुर्णता पाएको हो ।

प्रचार विभागमा रहेका प्रमोद धिताल अध्यक्ष ढकाल निकट समुहका सचिव हुन । उनी एमालेकै कोटामा भेरी अस्पताल विकास समितिको अध्यक्ष पनि भएका छन ।

रुद्र सुबेदी प्रेस चौतारीको केन्द्रीय सदस्यका साथै यसअघि जिल्ला कमिटीमा मनोनित सदस्य हुन ।

कमल डाँगी चौतारीबाटै नेपाल पत्रकार महासंघको सचिव निर्वाचित छन । उनी स्कुल विभाग सदस्य पनि भएको लिष्ट भेटिएको छ । स्रोतकाअनुसार यतिबेला उनी प्रेस चौतारीका सचिव पनि हुन ।

मधु शाही नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुन । पवित्रा परियार र रविन्द्रसिंह ठकुरी नेपाल पत्रकार महासंघ बाँकेको सदस्य हुन । दुर्गा रोकाय खजुराका प्रेस सल्लाहकार हुन ।

गजेन्द्र गुरूङ्ग जिल्ला कमिटी मनोनित सदस्य भएका थिए । एमालेले चार महिनाअघि गुरूङ्गलाई प्रचार विभाग सचिवको जिम्मेवारी दिएको थियो ।