Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

अध्यक्षको दाबी गरेका राप्रपाका तत्कालिन उपाध्यक्ष ‘धवल शम्सेर’ कारवाहीमा

धवलको आक्रोश @ नेतृत्व हस्तान्तरणको एजेण्डा उठाएकै कारण पूर्वाग्रह साँधियो : धवलशम्सेर

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला पछिल्लो समय सो पार्टीले गठन गरेको महत्त्वपूर्ण समितिमै त्यस्तो धारको नेतृत्व गर्ने नेताहरुलाई ‘आउट’ गरिएको छ । त्यस्तो समितिमा परीक्षण भइसकेका नेताहरुकै बाहुल्यता रहेको छ ।

नेतृत्व हस्तान्तरणको एजेण्डा उठाएका राप्रपाका तत्कालिन उपाध्यक्ष धवल शम्सेर राणालाई भने कारवाही गरिएको छ । उनलाई राप्रपाको बिशेष केन्द्रीय कमिटी सदस्यमा समेत राखिएको छैन । यसप्रति राणा असन्तुष्ट देखिएका छन ।

राप्रपाले केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको घोषणा गरेको छ । केन्द्रीय निर्देशन समिति ५५ सदस्यीय र विशेष समिति २५ सदस्यीय रहेको छ ।

पार्टीको विधान तथा एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको भनिएपनि पुस्तान्तरणको एजेण्डा उठाउने नेताहरुलाई नसमेटिकन कमिटीलाई पूर्णता दिइएको हो ।

समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्नेछ भने यी दुई कमिटीलाई पार्टीको शक्तिशाली कमिटी मानिन्छन् । नेताहरुका अनुसार निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ ।

दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनेछन् । यससँगै पार्टीले पहिला गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको छ ।

यसबाहेक प्रतिनिधिसभामा जम्मा १ सिटको प्रतिनिधित्व रहेको राप्रपामा भागबण्डाकै लागि केन्द्रीय कार्यसम्पादन समिति पनि रहेको छ भने केन्द्रीय समिति पनि ८ सय सदस्य भन्दा माथिको रहेको छ ।

धवल आक्रोशित

राप्रपा नामक पार्टीको विशेष समितिमा आफूलाई नराखिएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका नेता धवल शमशेर राणा आक्रोशित बनेका छन् । विशेष समितिमा आफू स्वत पर्ने भएपनि पूर्वाग्रह साँधिएको उनको बुझाइ छ ।

उनीहरुको हतास मानसिकताको उपज हो । राम्रो कुरा उठाउँदा धेरै पटक अपमानित भइयो, पछिल्लो पटक पनि अपमानित गर्ने काम भएको छ, उनले भने, ‘कार्यकर्ताको माया, हिन्दुराष्ट्र र राजसंस्था फर्काउने अभियानमा निरन्तर लागिरहन्छु, यस्तो अपमानले मलाई केही फरक पर्दैन ।’ उनले नेतृत्व हस्तान्तरणको विषयमा बोल्दा अपमान गर्ने काम हुनु विडम्बना भएको बताएका छन ।

उनले आफूलगायत धेरै नेताहरु अपमानित भएको बताउँदै सबैलाई संयमित रहन समेत अनुरोध गरेका छन । सबै साथीहरुलाई म संयमित रहन अनुरोध गर्दछु उनले भने ‘सबै मिलेर पार्टीलाई अवश्यक माथि पुर्याइनेछ । ’

पछिल्लो समय राप्रपाभित्र तीव्र अन्तरविरोध रहेको छ । यही अन्तरविरोधका बीच धवल शमशेर राणाले अब कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई अघि बढाउनुपर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले आगामी महाधिवेशनबाट आफूलाई अध्यक्षका रुपमा अगाडि सारेका छन् । अन्तैबाट