राहतका निहुँमा फोटो सेलिब्रेसन गर्दै सिडिओदेखि साँसद
नेपालगन्ज : यतिबेला गर्मी शुरू भएसँगै बाँकेमा आगलागीका घटना पनि बढेका छन । सदरमुकाम नेपालगन्जसँगै नरैनापुर, कोहलपुर लगायतका क्षेत्रमा साप्ताहिक जसो आगलागीका घटना भैरहेका छन ।
आगलागीपछि सदरमुकाम नेपालगन्जबाट बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ग लगायत प्रदेशदेखि संघीय साँसदहरू समेत घटना स्थल पुग्ने र कसैसँग मागेको राहत वितरण गर्ने चलन चलिरहेको छ ।
राहत वितरणमा भन्दा पनि उनीहरूलाई फोटो खिचेर कतिबेला फेसबुकमा हाल्ने र भौकाल मच्चाउने भन्ने महापीर हुने गरेको छ । राहत वितरण कार्य सकिएको हुदैन, पीडिले पीडा भुलेका हुँदैनन यहाँका सिडिओ र साँसद देखि उच्च अधिकारी अर्थात राहत वितरणका ठेकेदारलाई फोटो सेलिब्रेसनको हतारो हुने गरेको छ । उनीहरूले राहत वितरणका नाममा आफनो विज्ञापन र प्रचार गर्दै आएका छन ।
यस्तो प्रचार आगलागीमा मात्रै होइन यसअघिको कोरोना संंक्रमणका बेला पनि खुबै भएको थियो । कोरोनाको थालनीमा स्थानीय तहका नेतादेखि प्रदेश र संघयि साँसद तथा यहाँका स्वास्थ्यकर्मी र प्रशासकले फोटो सेसनलाइ चरम प्राथमिकता दिएका थिए ।
अहिले फेरि कोरोनाको संक्रमण देखिन थालेपछि उनीहरू आगलागीसँगै फोटोसेसनमा सल्बलाउन पनि थालेका छन ।
खजुराका ऋषि पोखरेलले आफनो फेसबुकमा ओलाना गर्दै हजुर राहत लाई आहात नबनाउ ? बिज्ञापन नै गर्ने हो भने भन्नू केही छैन तर आगो लागोस फोटो खिच्नु पर्छ भन्ने मनस्तिथी गलत नै होला कि ? भनेर लेखेका छन ।
पोखरेलकै स्टाटसमा कमेनट गर्दै नेपालगन्जका पत्रकार दामोदर भण्डारीले फोटो नखिचे त राहत वितरण हुदैन होला भनेर सिडिओदेखि प्रदेश साँसद कृष्ण केसी हुँदै संघीय साँसद महेश्वरराज गहतराजको आलोचा समेत गरेका छन ।
आगलागीका घटना भइरहँदा नेपालगन्ज नगरपालिकाका दुई पुराना थोत्रा दमकल तीन महिनादेखि बिग्रिएर बसेका छन् । मर्मत हुन नसकेपछि अगाडिका दुबै चक्का झिकेर चाईनीज दमकल नगर भवनमा थन्काइएको छ ।
घटना घटिरहँदा कर्मचारी भने दमकलको पम्म बनाउन ग्यारेज धाइरहेका छन् । तर, निकै पुरानो भएकाले मर्मत हुनसकेको छैन ।
’आगलागी भयो दमकल पठाई दिनुस् भन्ने फोन धेरै आउँछ । हामी दकमल नै छैन भन्दै जवाफ दिन बाध्य छौं,’ अग्नि नियन्त्रक अशोककुमार कल्वारले भने, ’आगो लागेको जानकारी पाए पनि केही गर्न सक्दैनौं ।’
गर्मी सुरु भएपछि जिल्लामा आगलागीका घटना अत्यधिक हुने गर्छन् । एकै दिन दुई÷तीन स्थानमा आगलागी हुने बाँकेमा भने दमकल छैन ।