कोभिड १९ : अब्बल कमाण्डर डाक्टर ‘नितेश’
नेपालगन्ज : स्वास्थ्य भन्ने शब्द मानिस जन्मेदेखि नमरेसम्म जीवनको हरेक पक्षसँग सम्बन्धित छ । मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो । स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्नसक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ ।
हरेक मानिसको जीवनमा स्वास्थ्यले ठूलो महत्व राख्दछ । स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्दछ । त्यसकारण स्वास्थ्य नै धन हो भन्ने कुरामा कसैको पनि दुईमत हुँदैन । बदलिँदो समयअनुसार स्वास्थ्यको अर्थ फरक–फरक रूपमा आएको देखिए पनि स्वास्थ्यलाई रोगबाट मुक्त भएको अवसरको रूपमा स्वीकार्ने व्यक्तिहरू अहिलेको समयमा पनि धेरै छन । स्वास्थ्य जनशक्ति सामाजिक विकासको एउटा महत्वपूर्ण अङ्ग हो ।
स्वास्थ्य सेवाको विकासमा स्थानीय समुदाय स्तरसम्म संस्थागत विकास भए पनि जनशक्ति विकास तथा सेवाको पहुँचमा राम्रो सुधार हुन सकेको छैन । भौगोलिक कठिनाइले गर्दा नियमितरूपमा जनशक्ति औषधि, औजार र उपकरण आपूर्ति गर्न सकिएको छैन । यस्तै अवस्थामा बाँकेको नेपालगन्ज र कोहलपुरमा लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजले सेवा प्रदान गर्र्दै आएको छ ।
पश्चिम नेपालका तीनवटा प्रदेशको रेफरल हबका रूपमा रहेको उक्त मेडिकल कलेज विगतदेखि अहिलेसम्म आमनागरिको सेवामा लागिपरेको छ । पछिल्लो समय कोभिड १९ का कारण आम नागरिक संक्रमित बनिरहेको बेला मेडिकल लकेजले आफनो सारा जनशक्ति यसैको रोथाम तथा नियन्त्रण र विरामीको उपचारमा परिचालन गरेको छ ।
मेडिकल कलेजमा अहिले १ हजार दुई सय बढी जनशक्ति छ । उक्त जनशक्तिको कमाण्डर सहायक निर्देशकका रूपमा डाक्टर नितेश कनौडियाले गरिरहेका छन् । २०४७ जेठ १३ गते बुबा सुरेशकुमार कनौडिया र आमा रश्मी कनौडियाको कोखबाट जन्मिएका डाक्टर नितेश कनौडियाले भारतको गोरखपुर, लखनउ लगायतका ठाउँबाट प्रारम्भिक शिक्षा शुरूवात गरेका थिए । एसएलसी त्यहिबाट पास गरेका नितेशले उच्च शिक्षा (११, १२) ललितपुरको एक विद्यालयबाट गरेका थिए ।
नेपालगन्ज मेडिकल कलेजबाट एमविविएस गरेका डाक्टर नितेश दुई बर्ष यहि मेडिकल अफिसरका रूपमा काम गरेको बताउँछन् । मेडिकल कलेजको हाडजोर्नी विभागमा मेडिकल अफिसरका रूपमा सेवा गरेका डाक्टर नितेशले भारतको मुम्बईबाट मास्टर गरेका छन् । डेढ बर्षदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्दैशक रहेका उनै डाक्टर नितेश कनौडियासँग कोभिड १९ का सन्दर्भमा केन्द्रीय रहेर ईसेतोखरीका प्रधानसम्पादक कमल न्यौपानेले गरेको भलाकुसारी संक्षेपमा :
(१) मेडिकल कलेजले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा के के गरेको छ ?
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हामीले शुरूदेखि नै फन्टलाइनमा रहेर काम गरिरहेका छौ । शुरूवाती चरणमा आमनागरिकमा सचेतना जगाउँने कामदेखि विविध सुरक्षाका औजारहरू वितरण गर्ने र सुरक्षा सम्बन्धी रणनीति बनाउँदै आमनागरिकलाई सुरक्षाका औजार प्रयोग गर्न सहजिकरण गरिरहेका छौं । अहिले कोरोना रोकथामका लागि मात्रै नभई कोरोनाबाट संक्रमित भएका व्यक्तिको उपचारमा सक्रिय छौं । आमनागरिकको स्वास्वास्थ्य परिक्षणमा दैनिक खटिएका छौ ।
(२) कलेजले कस्ता कस्ता सेवा दिइरहेको छ । यसमा कति जनशक्ति परिचालन गरिएको छ ?
अहिले मेडिकल कलेजले आमनागरिकको स्वास्थ्य परिक्षण, पिसिआर जाँच, आइसोलेसन, भेन्टिललेटरमा राखेर उपचार, स्वाव लिएर भेरी अस्पतालमा पठाईरहेका छौ । नागरिको अस्पततालकै गेटमा फिभर जाँच गरिरहेका छौं । कोभिड १९ का लागि एक सय वेडको पुर्वाधार निर्माण गरेका छौ । यसका लागि अहिले मेडिकल कलेजले एक हजार दुई सयबढी जनशत्ति परिचालन गरिरहेको छ ।
(३) अप्ठारा कस्ता ददेखिएका छन् । कसरी समाधान गर्नु भएको छ ?
सबै भन्दा पहिलो अप्ठारो त आफनै र कर्मचारीको असुरक्षा हो । यो पहिलो जोखिम हो । त्यसपछि दक्षता हासिल गरेर भन्दा पनि अनुभवनलेक ाम गर्नुपर्ने बाध्यता छ । घटना बढेका छन । पछिल्लो समय लक्षण देखिदै आएका छन् । त्यसैले कोरानाबाट बच्न र बचाउन नै यतिबेलाको जोखिम र अप्ठारो हो । तर, हामी जोखिम मोलेरै सेवामा लागिपरेका छौ । लागिरहनेछौ । शुरूमा काम गर्न आर्थिक अभावले अप्ठारो भो । अहिले सरकारले केही सहयोग गर्ने भनेपछि अलिकित राहत महशुस भैरहेको छ ।
(४) यो महामारीमा राज्ज्य र निजि क्षेत्रले कसरीकाम गर्दा प्रभावकवारी उपलब्धी निकाल्न सकिएला ?
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र आम नागरिकको स्वास्थ्य परिक्षणलाई पहलिो प्राथमितामा राखेर अघि बढ्नुपर्छ । जति परिक्षणको दायरा फराकिलो बनाउन सक्यो त्यति संक्रमित फेला पर्ने र उपचार गर्न सहज हुने देखिएको छ । यसका लागि सरकारी तथा निनि अस्पताललाई उपचारका लागि आबश्यक पर्ने पुर्वाधारदेखि अन्य कुरामा सहयोग उत्तिकै प्रदान गर्न सक्नुपर्छ ।
सरकारले नीजि क्षेत्रसँगको सहकार्यमा गुरूयोजना नै बनाएर काम गर्न सकेको अबस्थामा यसको रोकथाममा धेरै सहजता आउने छ । पहिलो जिममेवारी राज्यको हो । तर यसो भन्दै हामी निजि क्षेत्र संकटको बेला जिम्मेवारीबाट पन्छिन हुँदैन् । हामी सरकारसँग सहकार्य गर्न तयार छौ । यसको वातावरण राज्इले बनाउँनुपर्छ ।
(५) मेडिकल कलेजका कर्मचारीबाट कतिको सहयोग पाउनु भएको छ ?
कोरोना संक्रमणमा मात्रै होइन । हरेक काममा मेडिकल कलेजका कर्मचारीको उत्तिकै भूमिका रहेको छ । कर्मचारीकै इमान्दारीता, लगाव, मेहनत मेडिकल कलेज आज यहाँसम्म पुगेको हो । कोरोना संक्रमणको बिषयमा त कर्मचारी, स्वास्थ्यकर्मी चिकित्सक सबैको सहयोग अतुलनिय छ । यसका लागि म सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
हामी आगामी दिनमा पनि यहि सहयोगी भावका साथ अघि बढ्ने छौ । भन्ने अपेक्षा पनि गरेको छु । यहाँका कर्मचारीले संस्थाप्रति देखिएका इमान्दारीता र गरेको योगदानको म हरदम कदर गर्छु ।
(६) कोभिड १९ मा कर्मचारीको सुरक्षाका लागि कलेजले के गरेको छ ?
मेडिकल कलेजले कोरोनाको चर्चा बाँकेमा शुरू भएसँगै सबै भन्दा पहिला कलेजका सबै कर्मचारीलाई सुरक्षित रहन सचेत बनाएको थिथयो । जब कोरोना संक्रमण बढ्दै गयो मेडिकल लकेजले यहाँ कायर्यरत १ हजार दुई बढी कर्मचारी र अस्पतालमा रहेका सुरक्षागार्डको समेत कोरोना विमा गरेको छ ।
कर्मचारीलाई आबश्यकताअनुसार पीपिई, मास्क, सेनिटाइजर, हात धुनलार्य साबुन र सफा पानीको व्यवव्स्थापन गरेको छ । भोली आबश्यक परेकोखण्डमा अन्य सुरक्षाका औजारहरू पनि उपलब्ध गराउने योजना रहेको छ ।
(७) प्लाज्मा थेरापी कहिलेदेखि शुरू हुन्छ ? र यसका लगि तयारी के छ ?
जटिल कोरोनाका विरामीको उपचारका लागि प्लाज्मा थेरापी गर्ने सरकारले अनुमित दिएको छ । यसका लागि नेपालगन्ज रेडक्रससँग सहकार्य र छलफल भैरहेको छ । अब केही दिनमा यो काम पनि थालनी गदैंछौं ।
(८) प्लाजा थेरापीका बिषय केही भन्नुछ ?
कोरोनाको संक्रमण भएर निको भएको मानिसमा त्यसको एण्डीबडी विकास हुन्छ । संक्रमण निको भएको मानिसबाट २ देखि ४ हप्तापछि मात्र रगत लिन मिल्छ । यसरी निकालिएको रगतबाट रातो सेल हटाएर २०० एमएल ‘प्लाज्मा’ निकालिन्छ र, संक्रमितलाई दिइन्छ । यो एकदमै सस्तो र हामीले गर्न सक्ने उपचार हो ।
कोरोना संक्रमणबाट निको भएका नागकिरले निर्धक्क प्लाज्मा दिन सक्नुहुन्छ । यसले प्लाज्मा दिनेको शरिरमा कुनैपनि असर गर्दैन । प्लाज्मा दिएको दुई दिनमै रिकभर हुन्छ । तपाईको सहयोगले जटिल विरामीको ज्यान जोगिन सक्छ । त्यसैले पुर्व संक्रमितहरूलाई आबश्यक परेको अबस्थामा प्लाज्मा डोनेट गर्न आग्रह पनि गर्छु ।
(९) अस्पतालको नयाँ काम के हो ?
कोरानासँग अन्य विरामी पनि उत्तिकै बढेका छन् । दैनिक तीननसयको हाराहारीमा ओपिडीमा अन्य रोगका विरामी स्वास्थ्य परिक्षणका लागि आउछन् । सबै विरामीलार्य उत्तिके महत्व दिनुपर्छ । त्यसैले मेडिकल कलेजमा कोरोनाका विरामीको संख्या दैनिक बढेपछि वेड विस्तार गरिएको छ । अन्य काम त आबश्यकता अनुसार थप गर्दै जाने हो ।
(१०) अन्त्यमा केही भन्नु छ ?
सर्बप्रथम त ईसेतोखरी र हजुरलाई धन्यवाद । यतिबेला देश कोरोना संक्रमण मय बनेको छ । बाँके जिल्लामा यसको संक्रमण अत्याधिक देखिएको छ । तपाई हामी सबैले यसको सहज सामना गर्नुपर्ने छ । कोरोनाबाट संक्रमित भएकालाई हत्तोसाहित होइन प्रोत्सहित गर्नुपर्छ ।
हामी जो जहाँ जुन अवस्थामा छौ त्यहि सुरक्षित भएर बसौं । आफूपनि बचौं अरूलाई पनि बचाऔ । हामी व्यक्तिगत भन्दा पनि परिवार, समाजका लागि पनि सुरक्षित हुनुपर्ने अवस्था रहेकोले यसतर्फ गम्भीर हुन म सबैलाई अनुरोध गर्दछु ।