Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

प्रधानमन्त्री कप : ‘पुरस्कार नै उद्यारो’

खोई आययव्य ? स्पोन्सर र पार्टनरको समेत सेटिङ्ग खुलासा, बजारभरी ऋण, आयोजक बेपता

नेपालगन्ज : बाँकेको नेपालगन्जका भएको सातौं भनिएको आठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयव्यय विवरण अझै सार्वजनिकमा आयोजक जिल्ला भलिवल संघले चासो देखाएको छैन ।

प्रतियोगिताका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलक्द परिषद्, प्रदेश सरकार तथा बाँकेका सबै स्थानीय तह व्यवसायी उद्योगी गैरसरकारी संस्थाबाट रकम असुली गरिएको थियो ।

उक्त रकम प्रतियोगिताका नाममा जथाभावी खर्च भएको खुलेको छ । अहिले प्रतियोगिता सकिएको करिब तीन साता हुन थालेपनि आयोजक भनिउको ८ बर्षदेखि नविकरण हुन नसकेको जिल्ला भलिवल संघ नक्कली बिल भरपाई मिलाउँन व्यस्त रहेको खुलेको छ ।

सूचना माग्दा समेत नदिने र उल्टै धम्की दिने जिल्ला भलिवल संघका पदाधिकारी प्रतियोगिता सकिएसँगै बेपता छन । बजारभरी ऋण मात्रै रहेको खुलेको छ । सडकदेखि होटलदेखिको रकम संघले तिरेको छैन ।

फागुन २१ देखि २५ गते भएको उक्त प्रतियोगितामा उधारो पुरस्कार वितरण गरेको समेत खुलेको छ । बिजेतालाई पुरस्कारको रकम समेत पछि पठाइदिने भन्दै उधारोमा सम्मान गरेको खुलेको छ ।

पुरस्कार वापतको विविध सामान खरिद गरिएको पसलमै लाखौं उद्यारो रहेको संघका पदाधिकारीले नै बताएका छन ।

सगरमाथा टाइटल स्पोन्सर रहेको प्रधानमन्त्री कपको सातौं संस्करणमा राष्ट्रिय वाणिज्य बैंक पावरड बाई पार्टनर रहेका थिए । उनीहरूले समेत उक्त प्रतियोगिताको आयव्यय समयमै सार्वजनिक गर्ने तर्फ आयोजकलाई घच्घचाएका छैनन ।

उनीहरू र आयोजक बिच कमिशनको गतिलै सेटिङ्ग भएको हुनसक्ने अनुमान खेलाडीले समेत गरिरहेका छन ।

यस बिषयमा आयोजक भनिएको जिल्ला भलिवल संघ र खेलको ठेक्का लिएको एनजिओ क्रियटिभी हेन्सले भने कुनै प्रतिक्रिया दिएको छैन । यी दुबै संस्था तै चुप मैचुपको अवस्थामा देखिएका छन ।

उक्त प्रधानमन्त्री कप महिला प्रतियोगिताको उद्घाटन मिस नेपाल नम्रता श्रेष्ठ र प्रदेश सासद कृष्णा केसीले संयुक्त रूपमा गरेको आयोजकले बताएको ।

मिस नेपाल र साँसद नै सहभागी प्रतियोगिातमा आर्थिक घोटाला हुनु समयमै पारदर्शी आयव्यय सार्वजनिक नहुँनुलाई आम बाँकेबासीले चासोका साथ हेरिरहेका छन ।