Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

प्रधानमन्त्री कप भलिवल : ‘नक्कली बिल’ खोज्दै आयोजक

कहिले हुन्छ ? आयव्यय सार्वजनिक, कहाँ छ ? सातौं खेलको १० लाख, कमिशनको चक्करमा संघका पदाधिकारी

नेपालगन्ज : बाँकेको नेपालगन्जमा सातौं भनिएको आठौं प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता सकिएको एक सता बढी भैसकेको छ । आयोजकले अहिलेसम्म उक्त प्रतियोगितामा भएको हरहिरसाब सार्वजनिक गर्न चासो देखाएका छैनन ।

प्रतियोगिता सन्चालनका लागि सरकारदेखि राष्ट्रिय खेलकुद परिषद, व्यवसायी हुँदै बाँकेका स्थानीय तहबाट मोटो रकम असुली गरिएको खुलेको छ । तर, आयोजक भनिएको नविकरणविहीन जिल्ला भलिवल संघले कहाँबाट कति रकम किन र कसरी असुली गरिओ यसबारे कसैलाई जानकारी दिएको छैन ।

संघले आफु असपासका केही हुनुमानगिरी सन्चारमाध्यमलाई बोालएर कोठाभित्रै पत्रकार सम्मेलन गरी झुटो र हर्कत लुकाईएको सूचना बाहिर ल्याएको थियो ।

यतिसम्मकी आयोजकले स्थानीय सन्चार माध्यमलाई उपेक्षित गर्दे काठमाडौबाट संघ निकटका हनुमानहरूलाई भाडामा ल्याएर यहाँका उच्च होटलमा राखि मोजमस्ती समेत गराएको खुलेको छ ।

यसरी भाडामा आएका हरूले होटलमा खाएको भात देखि रक्सीसम्मको बलि पनि खेलकुदका नाममा बिल बनाउँने काम भैरहेको संघ निकट स्रोत बताउँछ ।

खेलकुदमा हिसाबको लेखाजोखा गतिलै भएको भए सार्वजनिक गर्न यतिब समय किन लाउनु प¥यो एक खेलाडीले भने ‘यहाँ थुप्रो घोटाला भएको छ अहिले पदाधिकारीहरू बिल भरपाई कसरी मिलाउने भन्ने तनावमा देखिएका छछन ।’

संघले सातौंको मात्रै होइन यसअघिका इभेन्टको पनि आयव्यय प्रभावकारी सार्वजनिक गरेको छैन । हुन सकेको सातों संस्करणको १० लाख त अहिलसमम कहाँ छ लेखाजोखा छैन ।

संघका पदाधिकारीले उक्त रकम गायब बनाएको खेलाडीको आरोप छ । तर,संघका अध्यक्ष टिएस ठकुरी लगायतका केही पदाधिकारी यस बिषयमा प्रतिक्रिया दिन चाहदैनन । यसले पनि सो १० लाख झ्ँवाम्म भैसकेको पुष्टि भएको छ ।

सातौं संस्करण सकिएपछि अहिले संघका पदाधिकारी बिलभरपाई मिलाउने र कमिशन कहाँबाट कसरी आउछ भन्ने धाउन्तीमा लागिरहेको खुलेको छ । पदाधिकारी मात्रै नभई संघका आसेपासे हनुमानहरू समेतअहिले कँहीबाट अलिकति जुठो झर्छ कि भन्दै मुख पाएर बसिरहेका छन ।