Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

महिलामैत्री भलिवल : भिड्दै पत्रकारको टीम

नेपालगन्ज : राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको आयोजनामा नेपालगन्ज रंगशालामा महिलामैत्री भलिवल प्रतियोगिता गरिएको छ ।

उक्त प्रतियोगितामा महिला संगनका नेता, कार्यकर्ता सहित प्रहरी, नेपाली सेना, पबकार, घरेलु महिला सन्जाल, लगायतका महिलाहरूका १० वटा टीम सहभागी भएको राप्रपा केन्द्रीय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए ।

शनिबार विहान देखि प्रतियोगिता थालनी गरिएको हो । प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका केन्द्रीय नेता डाक्टर धवल शम्सेर राणाले गरेका छन ।

खेलमा बाँकेका महिला पत्रकारहरू पनि सहभागी छन । जुन टीमको कमाण्डर पत्रकार रेजिना मल्लले गरेकी छन । टीममा विमला चौधरी, निशु जोशी लगायतका पत्रकार महिला भलिवल खेलाडीको सहभागिता रहेको छ ।