Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

मापदण्ड विपरित जुमा फुटवल : आयोजकको दादागिरी, खेलाडीलाई सास्ती

खेल मैदानमा प्रहरी परिचालन, आयोजकको चरम कमजोरी, विवादबिच खेल बहिस्कार

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बाँकेको नेपालगन्जमा तीन दिनअघि उद्घाटन गरेको जुमा फुटवल प्रतियोगिता दैनिक विवादीत बनिरहेको छ ।

आयोजक जुमा स्पोर्टस क्लबको उदासीनता, लापरवाही र मनखुशीको कारण खेल विवादी भएको खुलेको छ ।नेपालगन्जस्थित रगंशालामा भैरहेको जुमा फुटवल प्रतियोगिता फिफाको मापदण्ड विपरित भएको खुलेको छ ।

आयोजक जुमा क्लब नेपालगन्जका अध्यक्ष भीमबहादुर रानाभाट लगायतका पदाधिकारीको मनखुशी र लापरवाहीका कारण प्रतियोगिता मापदण्ड विपरित भएको हो ।
जुन प्रतियोगितामा शुरूवाती दिनदेखि नै चरम विवाद भैरहेको छ । विवादको विच दुईवटा संस्थाले प्रतियोगिता बहिस्कार गरेका छन ।

एउटा संस्थाले प्रतियोगिता मापदण्ड विपरित हुनुका साथै आयोजकको दादागिरीका कारण खेलाडीले सस्ती पाएको भन्दै रंगशालमै धर्ना दिएर विरोध गरेको छ ।

आयेजकले तय गरेको मापदण्ड अनुसार सबै खेलाडी र उसका संस्थाले विधिवत खेलाडीको नामावली र प्रक्रिया पु¥याएर खेलका लागि टीम दर्ता गरेपनि आयोजकले आफना मन नपरेका खेलाडी र टीमलाई प्रतियोगितामा सहभागी हुन प्रतिबन्ध लगाएको खेलाडीहरू बताउछँन ।

विबादका बिच जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल पनि समयमा हुन सकेन । आयोजकले प्रहरीनै बोलाएर बिरोधी खेलाडीलाई मैदान बाहिर पठाउनु परेको थियो ।

जुमाले आयोजना गरेको खेलमा प्रहरी हस्तक्षेप भएको छ । आयोजकको व्यवस्थापन कमजोरीका कारण खेल मैदानमा प्रहरी जानु परेको हो ।

आयोजकले आफु खुसी नियम बनाउदाँ खेल प्रभावित भएको खेलाडी बताउँछन । जुमा स्पोर्टस् क्लबका अध्यक्ष रानाभाटले बिमा गरिएको खेलाडीलाई मात्र सहभागी गराउने गरि खेल गरिएको बताए ।

प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ । चैत्र २ गतेसम्म संचालन हुने प्रतियोगिता प्रत्येक दिन विवादीत बनिरहेको छ ।

प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ । उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने छ ।