Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

नेपालगन्ज रंगशाला २५ करोड खर्च : पुर्वाधार अझै अधुरै

कहिले बन्छ ? सेन्थेटिक ट्रायक, ७ करोड चाहिनेमा ४० लाख मात्रै बजेट, राखेप देखि खेलकुद मन्त्रालय समेत उदासीन

नेपालगन्ज : आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भन्दै सरकारले नेपालगन्ज रंगशालामा २५ करोड खर्चेको छ । तर, यहाँ अहिलेपनि खेल पुर्वाधार निर्माणको काम अधुरै देखिएको छ ।

प्रतियोगिता सकिएको एक बर्ष वितिसेको छ । पौडीपोखरी केही दिनअघि मात्रै तेस्रो पटक उद्घाटन भएको छ । रंगशालामा सेन्थेटिक ट्रायक अझै निर्माण हुन सकेको छैन ।

यसले खेलाडीलाई दौडिनमा समेत समस्या भेरहेको छ । जहाँ एकै पटक आठ जना खेलाडी सहजै दोडिन सक्ने ट्याक निर्माण गर्ने सम्झौता भएको छ ।

फुटवल मैदानको गोलपोष्ट भन्दा पछिको डि—एरिया र फुट ट्याकमा सेन्थेटिक ट्याक राखिने भनिएपनि अहिलेसम्म शून्य प्रतिशत काम देखिएको छैन ।

नेपालगन्ज रंगशालाका लागि सेन्थेटिक ट्रयाक बनाउन सात करोड बजेट माग भएको खेलकुद विकास परिषद् लुम्बिनी प्रदेशका तत्कालिन अध्यक्ष भीम ओली बताउँछन ।

उनकाअनुसार खेलकुद मन्त्री जगत विश्वकर्मासँग भेटघाट गरी आगामी आर्थिक बर्षकै बजेटबाट नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक बनाउन माग गरिएको हो ।

तर, सरकार यस बिषयमा आबश्यक बजेटको व्यवस्थापन गर्न चासो नदेखाएको उनी बताउँछन । राष्ट्रिय खेलकुद परिषद्ले समेत नेपालगन्ज रंगशालामा अधुरै रहेका पुर्वाधार निर्माणमा चासो देखाउन सकेको छैन ।

रंगशाला पुनर्निर्माणकै क्रममा राष्ट्रिय खेलकुद परिषद्ले रंगशालामा ट्रयाक एण्ड फिल्डको डिजाइन गर्ने सेन्थेटिक ट्रयाक बन्ने प्रतिबद्धता गरेको थियो । तर, अहिले परिषद् र यसका सदस्य सचिव रमेशकुमार सिलवालले चासो देखाएका छैनन ।

नेपालगन्ज रंगशालाका लागि सेन्थेटिक ट्रयाक अपरिहार्य संरचना हो भन्ने कुरामा राखेपलाई थाहा छ तत्कालिनअ ध्यक्ष ओलीले भने ‘ यसका लागि आबश्यक बजेट अभाव देखिएको हो ।

सरकराले ७ करोड लाग्ने ठहर गरेपनि अहिले बर्षेनी ४० लाख केहीबढी मात्रै बजेट विनियोजन गरेको छ । यसले उक्त पुर्वाधार निर्माण हुन सक्दैन ।’

रंगशालामा यो पुर्वाधार तत्काल निर्माण गर्न अति नै आबश्यकता रहेको तत्कालिन अध्यक्ष ओलीले मात्रै होइन आम खेलाडीले माग गरेका छन ।