Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

अपारदर्शी प्रधामन्त्री कप भलिवल : क्यालेण्डरबाटै हटाउँन माग

अबैद्यानिक संघलाई पहुँचका आधारमा बजेट, त्यहि पनि दुरूपयोग, हरहिसाब लेखाजोखाविहीन

नेपालगन्ज : विगत आठ बर्ष यता नेपालगन्जमा भैरहेको प्रधानमन्त्री कप महिला भलिवलमा एकद्धार प्रणाली लागू गरिदै आएको खुलेको छ । जिल्ला भलिवल संघ आठ बर्षदेखि नविकरण नहुँनु, ससुरालीले दिएको दाईजो झै ८ बर्षसम्म एउटै व्यक्तिको हालिमुहाली हुनु, लेखापरिक्षण र सार्वजनिक सुनुवाई नहुनु लगायतका विविध गतिविधीले यतिबेला प्रधानमन्त्री कप समेत एकद्धारा प्रणालीमा अघि बढेको खुलेको हो ।

पहिलोदेखि अहिलेसम्म सातौं भनिएको आठौं संस्करणसम्म प्रतियोगिताका लागेको लागत, असुली गरेको आयका सम्बन्धमा समेत आयोजक भनिएको नविकरण विहीन संघले पारदर्शी रूपमा सार्वजनिक स्थलमा सार्वजनिक गरेको देखिदैन ।

संघले यस्ता गतिविधीको लेखापरिक्षण समेत नगरेको सार्वजनिक सुनुवाई नगरेको संघका अध्यक्ष टिएस ठकुरीले आफनो मनखुशी एकलोटी विविध गतिविधी गर्दै विभिन्न ठाउँ र व्यक्तिबाट रकम असुल्दै आएको लगाएका घटना क्रमले जिल्ला भलिवल संघ र प्रधानमन्त्री कप महिला भलिव नै बदनामी हुने अवस्थामा पुगेको संघ आबद्ध पदाधिकारी नै बताउँछन ।

सातौं संस्करणमा समेत यहाँका जनप्रतिनिधी र केही नाम चलेका संस्था र महिलाबाट मुल समिति सदस्य बनेकै निहुँमा प्रति व्यत्तिः ५ हजारका दरले रकम असुली गरेको खुलेको छ ।

यसअघि हुन नसकेको सातौं सकरणको १० लाख रूपैयाँ संघका अध्यक्ष टिएस ठकुरीको मिलेतोमा अहिलेसम्म पनि गायबै देखिएको पदाधिकारी बताउँछन । खेल नै नभएर उक्त रकम झँवाम्म पारिएको खुलेको छ ।

पहिलो संस्करणदेखि अहिलेसम्मको हरहिसाब सार्वजनिक गरिनुपर्ने बाँकेबासी खेल प्रेमीको माग छ ।

प्रधानमन्त्री कप महिला भलिवलका निहुँमा ब्रम्हलुट भैरहेको भन्दै भलिवल संघको क्यालेण्डरबाटै प्रधानमन्त्री कपलाई हटाउन माग समेत गरिएको छ ।

सातौ भनिएको आठौं संस्करण सकिएकोछ तर, यसको तत्काल आयव्यय सार्वजनिक गर्नेतर्फ आयोजक भनिएको भलिवल संघ उदासीननै देखिएको छ ।

सातौ सस्करणमा पनि विभिन्न ठाउँबाट असुली गरिएको रकम हचुवाको भरमा खर्च गरेकोले खेल सकिएपछि आयव्यय सार्वजनिक गर्न कठिनाई भएपछि अहिले भलिवल संघका अध्यक्ष सहितको आसेपासेको टीम बिलभौचर मिलाउँन लागि परेको स्रोत बताउँछ ।
स्मरणहोस ः यसअघि सूचना मागदा संघ पदाधिकारीले डिग्री सटिर्फिकेटको धाक लगाउँदै सूचना लुकाएका थिए । उनी निकटका केही आसेपासेले सूचना मागेकै कारण चप्पल ठोक्नेदेखि विविध खालका धम्की दिदै आइरहेका छन ।