Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

पूर्वयुवराज्ञी हिमानीदेखि सेलिब्रेटीसम्मको ‘टिकटक’ मोह

नेपालगन्ज : पछिल्लो समय युवापुस्तामा मात्र होइन, प्रायः केटाकेटीदेखि वृद्धवृद्धामा समेत टिकटक लोकप्रिय मनोरञ्जनको साधन बन्दै गएको छ । टिकटकमा मनोरञ्जनका लागि भिडियो राख्न पाउने भएकाले आफ्नो दैनिकी काट्न वृद्धवृद्धा पनि रमाउने गरेको देखिएको छ ।

अझै धेरै त वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारहरू टिकटक बनाउन ब्यस्त छन् । विद्यार्थी, शिक्षक, चिकित्सकलगायत जुनसुकै पेशामा आबद्ध भए पनि मानिसहरुमा यसको मोह बढ्दो रुपमा देखिएको छ ।

यसअघि पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी शाहले टिकटकमा नृत्य गरेको भिडियो सार्वजनिक भएको थियो । हिमानीकी कान्छी छोरी कृतिकाको टिकटक अकाउन्टमा दुइटा भिडियो देख्न सकिन्छ । जहाँ उनी ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ बोलको नेपाली गीत र अंग्रेजी एक गीतमा अभिनय गरिरहकी छन् ।

टिकटकका सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा छन् । भारतपछि चीन उच्च स्थानमा छ । भारत र चीनपछि अमेरिकामा धेरै टिकटक प्रयोगकर्ता छन् । पछिल्लो समय नेपालमा पनि टिकटकका प्रयोगकर्ता बढ्दै गएका छन् ।

फेसबुक, भाइबरलगायत अन्य लोकप्रिय एप्स जस्तै छिटो समयमा टिकटक पनि सामाजिक सञ्जाल प्रयोगकर्ताबीच लोकप्रिय भएको छ । विश्वमा टिकटक डाउनलोड गरी प्रयोग गर्नेको संख्या करिब साढे २ अर्ब नाघेको छ । कोरोना भाइरसको महामारीका बीच यो एप्सका प्रयोगकर्ता निकै नै बढेका छन् ।

सामान्यतया युवापुस्ताले स्वाभावतः आफैलाई बढि खोजिरहेका हुन्छन् । त्योभन्दा बढि अरुसँग आफूलाई दाँजिरहेका हुन्छन् । टिकटक भिडियो बनाउँदा आफ्ना मौलिकताभन्दा पुराना प्रतिलिपिहरूमा आफूलाई उभ्याएको देखिएको छ। टिकटक भिडियोमा प्रयोग हुने भिडियोहरूमा प्रायः अरुले गाएका गीतहरूमा मुख चलाउने वा सोहीअनुसार अभिनयलाई उच्च प्राथमिकतामा हेरिने गरेको छ ।

आफ्नो अभिनयभन्दा पनि अरु कुनै सेलीब्रेटीहरूको नक्कल गरेर भिडियो बनाउँदा आफ्ना क्रियटिभिटी नहुनुका साथै दुरुस्त नक्कल गर्न नसक्दा उनीहरू बढि समय खर्चिने र अरुले जस्तै सामाग्री बनाउन नसक्दा उनीहरूमा उदासिनता बढ्ने तथा सो चिन्ताले विस्तारै डिप्रेसनको अवस्थातिर जान सक्ने पनि एक खोजले देखाएको छ ।

टिकटकमा प्रयोग हुने भिडियो सामाग्रीहरू अरुको भन्दा उत्कृष्ट बनाउने होडमा बालबालिका तथा युवाहरूले स्मार्ट फोनहरूको माग गरेसँगै धेरै परिवारमा यसले आर्थिक सकंट तथा कलहको वातावरण बढाउँदै गएको छ ।आफूभित्रै अन्तरनिहीत प्रतिभालाई बाहिर ल्याउन १५ सेकेन्डको भिडियोले महत्वपूर्ण भूमिका खेलेको छ ।

टिकटक भिडियोमा यी सबै हेर्दा सकारात्मक सोचका साथमा आधुनिक प्रविधि र विज्ञानले ल्याएका आधुनिक सञ्चारका माध्यमहरू सकारात्मक रूपमै प्रयोग गर्नसके यसबाट धेरै फाइदा लिने सकिने सम्भावना पनि उत्तिकै छ । तर हाम्रो समाजमा यसको सकारात्मक प्रयोग भन्दा नकारात्मक प्रयोग हवात्तै बढेर आएको छ ।

टिकटक ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई हँसियाको बिँड’ जस्तै लगभगप्रायः बन्न थालेको छ । नेपालमा अहिले टिकटकको उत्तिकै प्रयोग भैरहेको छ । यसकै माध्यमबाट धेरै नागरिकहरूले आफनो पहिचान बनाएका छन् । कतिपयले त टिकटक चलाएर समाजसेवा पनि गरिरहेका छन् ।

यतिबेला अमेरिकामा बस्ने पारू शर्मा, अष्टेलियामा बस्ने परानजोडीदेखि नेपालकै बुटवलका शिवराम पोखरेलदेखि दाङकी, नेपालगन्जका विना कार्की, धादिङकी कल्पना सिटौला हुँदै बर्दियाकी बसन्ती पौडेल, दैलेखका शान्ति शर्मा, प्रतिमा अधिकारी, कोहलपुरका रमेश खनाल, कावासोतीकी दर्गा आचार्य, सुर्खेतकी रेखा केसी, मात्रै होइन पत्रकारदेखि व्यवसायी, राजनीतिक नेतादेखि जजनप्रतिनिधी हुँदै आम नागरिकदेखि उच्च अधिकारीहरू समेत यतिबेला टिकटकतर्फ आकर्षित भैरहेका छन् ।

नेपालको पछिल्लो टिकटक अवस्थालार्ई हेर्दा महिना नेतृ रामकुमारी झाँक्रीदेखि पत्रकार हुँदै जनप्रतिनिधी देशका मन्त्रीदेखि महानायक राजेश हमाल, कलाकार राजेन्द्र खड्की, करिष्मा मानन्धर लगायत अहिलेका चलनचल्तीका मोडल तथा नायक नायिक र कलाकारहरूको समेत यतिबेला टिकटमा आकर्षण बढेको देखिएको छ ।

टिकटक प्रयोगकर्तालाई आधार मान्दा १२ दशमलव ४१ प्रतिशत प्रयोगकर्ता १६ देखि २४ वर्ष उमेर समुहका छन् । हाल टिकटक विश्वका १५४ देशमा प्रयोगमा आएको छ । यो विश्वका ७५ भाषामा अनुवादित छ । नेपाल पनि यसबाट अछुतो भने पक्कै छैन ।